नेपाललाई चीनबाट आयो ठूलो सहयोग, नेपाली सेना मालामाल !
काठमाडौं, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानु अघि नै चीनबाट ठूलो सहयोग प्राप्त भएको छ ।
उक्त सहयोगलाई विहीबार राति बसेको मन्त्रिपरिषद बैठकले स्वीकार गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।
सञ्चारमन्त्री राईका अनुसार सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैङ्क मार्फत नेपालले प्राप्त गर्ने २२ अर्ब ७४ करोड ९२ लाख १० हजार ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
यसैगरी चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोगस्वरुप दिएको करिब ४९ करोड पचास लाख अनुदान पनि स्वीकार गर्ने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री राईले बताए ।
यो सहयोगसँगै नेपाली सेनालाई ठूलो राहत मिलेको छ । यो सहयोग चीनले नेपाली सेनाको विरताको प्रशंसा र मित्रताको कदर गर्दै दिएको हो ।
साथै बैठकले चीनको आसन्न भ्रमणलाई बढीभन्दा बढी उपलब्धिमूलक बनाउने निर्णय पनि गरेको छ ।
‘भ्रमण फलदायी बनाउन थप गृहकार्य गर्ने निर्णय भएको छ’ सञ्चारमन्त्री राईले भने ।
dainiknepal