फेरी अर्काे विमान दुर्घटना- पूर्वमन्त्रीसहित ७ को मृत्यु

एजेन्सी काठमाडौं,  १७ चैत – क्यानडामा एउटा सानो निजी विमान दुर्घटना हुँदा पूर्व यातायात मन्त्रीसहित सात जनाको मृत्यु भएको छ।
पूर्वी तट क्युबेकको आइल्याण्डमा बुधवार भएको विमान दुर्घटनामा विमानमा सवार क्यानडाका पूर्व यातायात मन्त्री जिएन लापिएरसहित उनकी पत्नी, दुई भाई, बहिनी र चालक दलका सदस्यको मृत्यु भएको बीबीसीले जनाएको छ।


५९ वर्षीय पूर्व यातायात मन्त्री लापिएर आफ्ना बाबुको अन्तिम संस्कारका लागि जाँर्द गर्दा विमान दुर्घटना भएको बीबीसीले उल्लेख गरेको छ। लिस–डे–ला–माडिलिनी विमानस्थलमा भारी हिमपात र हावा चलेका कारण विमान दुर्घटना भएको वताइएको छ।
लापिएर क्यानडाको सीटीभीमा राजनीतिक विश्लेशकका रुपमा कार्यरत थिए। लापिएरले सन् १९७९ देखि १९९३ र २००४ देखि २००७ सम्म संसद सदस्यका रुपमा काम गरेका थिए।
पूर्वयातायातमन्त्री लापिएरको मृत्युको खबरपछि क्यानडाका पूर्वप्रधानमन्त्री पाउल मार्टिनले भनेका छन् ‘उनी निकै राम्रो राजनीतिक विश्लेषक हुन्। त्योसँगसँगै उनी मुलुकको राम्रो राजनीतिज्ञ पनि हुन् जोसँग मैले काम गर्न पाउनु सम्ममानको विषय हो।’
nepalnewslive

,

news and entertainment