मधेस आन्दोलनमा हिन्दु नारा आउने, पूर्वराजासँग यसरी भयो गोप्य वार्ता
काठमाडौं, १५ चैत । प्रमुख दलहरूले हिन्दु राज्यको प्रस्तावलाई स्वीकार गरेको अवस्थामा मधेसी दलको आन्दोलन सुरक्षित अवतरणमा पुग्ने सल्लाह भारतका हिन्दु अगुवाहरूले दिएका छन् ।
समाचार स्रोतका अनुसार मधेसी दलहरूले अब गर्न गइरहेको दोस्रो चरणको आन्दोलनमा हिन्दु राज्य स्थापनाको एजेन्डा प्रवेश हुनेछ ।
तर प्रमुख दलहरू हिन्दु राज्यका लागि सहमत भएको अवस्थामा मधेसी दलहरूले यो माग पनि छाड्न सक्ने संकेत दिएको बुझिएको छ ।
भारतको शविसेना नामक ट्टर हिन्दुवादी संगठनका नेता राज ठाकरेका विशेषदूतले हालै नेपाल भ्रमण गरी यो संकेत दिएको समाचार स्रोतले जनाएको छ ।
स्रोतका अनुसार हिन्द राज्य कायम गरिए मधेसी दलहरूको आन्दोलन फिर्ता गराउने जिम्मा भारतले लिने बताएका थिए । ठाकरेका विशेषदूतका रुपमा नेपाल आएका स्टिर थापा नेपाली मूलका हुन् ।
शिवसेनामा निकै राम्रो प्रभाव भएका उनी आफूलाई नेपाली मूलको भनेर चिनाउन चाहँदैनन् । उनी स्याङ्जा जिल्लाका लामिछाने थरका भएको समाचार स्रोतले बताएको छ । एक हप्ताको काठमाडौं बसाइका क्रममा उनले पूर्वराजा ज्ञानेन्द्र शाहसँग लामो भेटघाट गरेका कारण दलका नेताहरू सशंकति छन् ।
हिन्दु राज्य मात्रै नभएर राजसंस्थासमेत पुनर्बहाली गर्ने एजेन्डा उनले बोकेको सइँको दलहरूले पाएका छन् । गुह मन्त्रालय स्रोतका अनुसार उनी राजावादीहरूसँग विभिन्नचरमा वार्तामा बसेका थिए ।
dainiknepal
