महामन्त्री हारेका युवा नेता गगनलाई सभापति देउवाको आकर्षक पद !
काठमाडौं, ३ चैत । १३ औं महाधिवेशनमा महामन्त्री पदमा हारेका युवा नेता गगन थापालाई कांग्रेस सभापति शेरबहादुर देउवाले आकर्षक पदको प्रस्ताव राखेका छन् ।
आज कार्यभार सम्हाल्न लागेका देउवाले गगनलाई केन्द्रीय सदस्यमा नियुक्त गर्नुका साथै पार्टी प्रवक्ताको प्रस्ताव गरेको सम्बद्ध स्रोतले जनाएको छ ।
यद्यपी पार्टी प्रवक्तामा अर्का नेता प्रकाश शरण महतको नाम पनि चर्चामा रहेको देउवा निकटस्थ बताउँछन् ।
यसैगरी देउवाले गगनसहित ७ जनालाई आजै केन्द्रीय सदस्यमा नियुक्त गर्दैछन् ।
dainiknepal