नायिका शिल्पा पोखरेलले इनगेजमेन्ट नगरेको बताएकी छिन ।हाम्रा सम्बाददाता सरोज श्रेष्ठ संग कुरा गर्दै बिबाह र इनगेजमेन्टको बारेमा गलत चर्चा भएको उनले बताएकी हुन ।बिनोद कार्की नाम गरेका युवक संग केही समय अघि बिबाहको कुरा चलेको भए पनि बिदेश जानु पर्ने र फिल्म छोड्नु पर्ने बिनोदले सर्त राखे पछि बिबाह हुन नसकेको शिल्पाको भनाइ छ ।केही बर्ष अघि भएको उक्त बिबाहको चर्चा लाइ उनी संग सम्पर्कनै नगरी केही अनलाइन मिडियाले प्रकाशन गरे पछि ति मिडिया प्रति उनि आक्रोशित पनि देखीएकी थिइन ।त्यसैले उनको बास्तबिक धारणा प्रस्तुत गर्नको लागि उनी संग गरेको भिडियो सम्बाद लाइ बिना इडिट यहाँ हरु समक्ष प्रस्तुत गरेका छौ ।
शिल्पाले अझै केही बर्ष फिल्म इन्डष्ट्रीमा नै बिताउने चाहना रहेको कारण अझै केही बर्ष बिबाहको सोच नरहेको पनि बताइन ।News24Nepal
चरीत्र हत्या र करीयर डामाडोलको प्रयास भयो:नायिका शिल्पा पोखरेल
news and entertainment