ओली चीन गएकै बेला आदित्यको खतरनाक भविष्यवाणी, अब के होला ?

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएकै बेला ज्योतिषहरुले खतरनाक भविष्यवाणी गरेका छन् ।

उनीहरुले अहिलेको सरकारलाई अप्ठेरो पर्ने र विदेशीसँग सम्बन्ध विग्रिने सम्भावना उच्च रहेको निष्कर्ष निकालेका छन् ।


‘सायन ज्योतिष गणनामा आज विहान १० बजेर १५ मिनेटमा सूर्य मेष राशीमा प्रवेश गरेको छ । त्यो समयमा कुण्डली बनाउँदा नेपालको अस्तलग्नमा शनि र मंगल रहेको छ । यसले पश्चिमेली राष्ट्रसँगको सम्बन्ध बिग्रन सक्छ । साथसाथै छिट्टै सरकारलाई अप्ठयारो पर्न जाने पनि देखिन्छ ।’



ज्योतिषवाणीका अनुसार धेरै दल मिलेर बनेको ओली सरकाबाट सत्ता साझेदार दल बाहिर सक्छन् भने सरकारै ठल्न पनि सक्छ ।

यसको लक्षण एमाओवादीका अध्यक्ष प्रचण्डले पनि देखाइसकेका छन् । एमाओवादी भित्रै सरकारबाट बाहिरिन चर्काे दबाब परेको समाचार आजै आएको थियो ।

ज्योतिष सिटौलाका अनुसार आज दिन र रात बराबर हुने दिन हो ।

सायन ज्योतिष गणनालाई आधार मानेर बनाइएको कुण्डलीमा अमेरिकाको त टाउकैमा शनि मंगल परेको छ । जसका कारण अमेरिकामा ठूलो जनधन क्षति हुनसक्ने सम्भावना बढी रहेको उनले बताए
nepaltodaynews

,

news and entertainment