तराईमा दुई प्रदेश हुनुपर्छ: नयाँ शक्ति संयोजक डा बाबुराम भट्टराई


पर्सा, नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले मुलुकलाई विकास र आर्थिक समृद्धिको बाटामा लैजान नसके प्रतिगमनको खतरा रहेको बताउनुभएको छ ।


वीरगन्जमा आज नयाँ शक्तिले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मुलुकमा बेरोजगारी, गरिबी र असमानता रहे लोकतन्त्र, गणतन्त्र कमजोर हुँदै निरङ्कुशता फर्किने खतरा छ ।”



संयोजक डा भट्टराईले अबको कार्यभार विकास तथा समृद्धि भएकाले त्यसलाई पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । सञ्चारकर्मीको जिज्ञासामा उहाँले विगतमा भएका सहमति र विभिन्न आयोगले दिएको प्रतिवेदनका आधारमा तराईमा दुई प्रदेश हुनुपर्ने बताउनुभयो । रासस

News24Nepal

, ,

news and entertainment