पैसा लिएर राष्ट्रिय गान गाएको विवादमा अमिताभ


७ चैत, एजेन्सी ।

बलिउड महानायक अमिताभ बच्चनले शनिबार भारत र पाकिस्तानबीचको विश्वकप क्रिकेट खेल अगाडी राष्ट्रिय गान गाएर कार्यक्रमलाई विशेष बनाए । तर उनीमाथि पैसा लिएर राष्ट्रिय गान गाएको आरोप लागेको छ ।

शनिबार कोलकातामा राष्ट्रिय गान गाउनका लागि ४ करोड लिएको भन्दै अमिताभलाई विवादमा तानिएपछि भारतका पूर्व कप्तान सौरव गांगुलीले यो विषयमा मुख खोलेका छन् ।





इडेन गार्डेन रंगशालामा भारत र पाकिस्तानको खेलका क्रममा सचिन तेंदुलकर, सौरव गांगुली लगायत चर्चित ब्यक्तित्व उपस्थित थिए ।

कपडा खोलेर नाच्ने घोषणा गरेकी पाकिस्तानी मोडलको भिडियो सन्देश

भारतको जितमा पड्का पटकाउँदा रिसाइन् धोनीकी पत्नी

अमिताभ बच्चनले कार्यक्रममा राष्ट्रिय गान गाएका थिए । अभिताभले पैसा लिएर राष्ट्रिय गान गाएको भन्दै सामाजिक सञ्जालमा ब्यापक आलोचना भएपछि बंगाल क्रिकेट एसोशिएसनका अध्यक्ष तथा पूर्व राष्ट्रिय कप्तान सौरव गांगुलीले यस्तो हल्ला निराधार रहेको बताएका छन् ।



अमिताभले एक पैसा पनि नलिएको र कोलकाता जाने खर्च ३० लाख समेत आफै ब्यहोरेको गांगुलीले बताएका छन् ।

nepaliheadlines

,

news and entertainment