साकार हुँदै नेपालीको रेल चढ्ने सपना, दुई वर्षभित्रै कहाँ पुग्दै छ रेल ?

काठमाडौं, १७ चैत । आगामी दुई वर्षभित्रै महोत्तरीको बर्दिवाससम्म रेल सञ्चालन हुने भएको छ ।
भारतको सहयोगमा जयनगर–बर्दिवास रेल्वे निर्माणको काम भइरहेकाले दुई वर्षभित्र सम्पन्न हुने बताइएको छ । बहुवा कपिलेश्वरदेखि सीमावर्ती इनरुवासम्मको निर्माण कार्य भारतीय कम्पनी नायक इन्फास्ट्रचरले गरिरहेको छ । त्यस्तै बहुवा कपिलेश्वरदेखि भंगहा बर्दिवासम्मको काम नेपाली कम्पनी कालिका रमण कन्स्ट्रक्सनले गरिरहेको छ ।

भारतीय कम्पनीले जिम्मा लिएको काम लगभग सकिन लागेको छ । त्यस्तै नेपाली कम्पनीले पनि ४० प्रतिशतभन्दा बढी काम सकिएकाले आगामी पुससम्म सबै काम सकिने बताइएको छ ।
रेल्वेमा पर्ने जग्गाको मुआब्जा वितरण गर्ने काम करिब सकिएको छ । धनुषामा ९० र महोत्तरीमा ८५ प्रतिशत मुआब्जा वितरणको काम सकिएको रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।
नेपाली कम्पनीले रेल्वे निर्माणका लागि दैनिक १ सय २५ भन्दा बढी कामदारलाई काममा लगाइरहेको छ । यो रेलमार्गको निर्माण सकिएसँगै देशभित्रैबाट रेल चढ्ने नेपालीहरुको सपना साकार हुनेछ ।
यसैगरी भर्खरै भएको समझदारीअनुसार चीनले पनि छिट्टै रेलमार्गको सम्भाव्यताका लागि थप अध्ययन थाल्ने तयारी गरिरहेको छ ।
dainiknepal

, ,

news and entertainment