काठमाडौं – प्रधानमन्त्री केपी ओलीलाई चीन भ्रमणका लागि आफ्नो जाहाज प्रयोग गर्न दिएको हिमालय एयरलाइन्सले सबै उडान खर्च आफैँ बेहोर्ने घोषणा गरेको छ ।
काठमाडौंबाट सिधै बेइजिङ गएपछि हिमालयको जहाजलाई प्रधानमन्त्री ओलीको टोलीले त्यहाँबाट विभिन्न गन्तव्य लैजाने उडान तालिका रहेको छ ।
काठमाडौंँबाट उडेदेखि फगुन १४ गते यही नफर्केसम्म लाग्ने सम्पूर्ण उडान खर्च हिालय आफैँले बेहोर्ने घोषणा गरेको हो ।
निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिालयले १२ दिनअघि काठमाडौं ल्याएको ए ३२०(२१४ सिरिजको १ सय ५८ सिट क्षमतायुक्त उक्त जहाज आठ दिनको लागि स्पेसल चार्टर गरी प्रधानमन्त्री ओली आइतबार बिहान ११ बजे त्रिभुवन विनानस्थलबाट सिधा चीनको राजधानी बेइजिङ गएका छन् ।
‘यो सित्तैको चार्टर उडान हो, सरकारी टोलीसित एक रुपैयाँ पनि लिने छैनौं,’ एयरलाइन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘काठमाडौ बेइजिङ उडान कमर्सियल नभइ नन रेभेन्यु चार्टर फ्लाइट हो।’ आजको अन्नपूर्णमा समाचार छ ।
प्रधानमन्त्रीको चीन उडान सित्तैमा !
news and entertainment