केहि समयदेखी बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्रीबिच उनीहरुको प्रेमसम्बन्धलाई लिएर चलेको वाकयुद्ध यतिवेला मुद्दामामिलासम्म पुगेको छ। दुबैले एक अर्कालाई कानुनी पत्रसमेत काटेका छन्। कंगनाले ऋतिकलाई आफ्नो पूर्व व्वाइफ्रेन्डको बताएपछि उनीहरूबिचमा दन्दबझान सुरू भएको हो।
कंगनाले एक्स व्वाईफ्रेन्ड बताएपछि ऋतिकले कंगनाको दिमागी सन्तुल्न सहि नभएको भन्दै प्रतिक्रिया दिएका थिए। यहि वावादकाविच उनीहरुले एकअर्कालाई पठाएको कानुनी पत्रका कुराहरु सार्वजनिक भएपछि नयाँ कुराको खुलासा भएको छ। जसअनुसार कंगनाले ऋतिकका पिता एवम फिल्म निर्देशक राकेश रोशनलाई आफ्नो छोरालाई ठीक ठाँउमा राख्न भनेको आरोप लगाएका छन्। ऋतिकले यसलाई आफ्नो मानहानीको रूपमा व्याख्या गरेका छन्।
त्यसैगरी कंगनाका वकिललाई पठाइएको पत्रमा ऋतिकले आफ्नो मौनताको कंगनाले गलत अर्थ निकालेको र स्वाभिमानमा धावा बोलेको पनि उल्लेख गरेका छन्। कंगनाले ऋतिकले मेल र फोनको माध्यमबाट उनको पछाडी लागेको आरोपसँगै इमेलसमेत ह्याक गरेको आरोप लगाएकी छन्। ऋतिक र कंगनाको यो वाकयुद्धको आगामी मोड के हुनेछ भन्नेमा अहिले सबैको चासो बढेको छ।
setopati
कंगनाले ऋतिकका बाबुलाई भनिन्, 'आफ्नो छोरा सम्हाल्नुस्'
news and entertainment