म भ्रष्टचारी हुँ कि होइन : प्रधानन्यायाधीशलाई खुमबहादुरको चुनौति

काठमाडौं– काँग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले प्रधानन्यायाधीस कल्याण श्रेष्ठलाई चुनौतिक दिएका छन् । आफुले प्रधानन्यायाधीस श्रेष्ठका जेठानलाई बढुवा गरेको भन्दै खड्काले प्रधानन्यायधीसलाई आफ्ना जेठानसँग सोध्न चुनौति दिएका हुन् ।

खड्काले आफुलाई भ्रष्टाचारी गरेका तत्कालीन न्यायाधीस श्रेष्ठ अहिले प्रधानन्यायाधीस बनेको भन्दै खड्काले ज्वाई–जेठानवीच यस विषयमा पक्कै कुरा भएको दावी गरेका छन् । आइतवारको नेपाल साप्ताहिकमा प्रकाशित अन्तर्वार्तामा खड्काले आफु गृहमन्त्री हुँदाका प्रहरी प्रमुखलाई पनि सोध्न चुनौति दिएका छन् । प्रधानन्यायाधीस श्रेष्ठ हालै आफ्ना अनुकुलका व्यक्तिलाई सर्वोच्चको न्यायाधीसमा सिफारिस गरेको विषयमा विवादमा तानिएका छन् ।

उतार–चढावको कुरा आयो, खासमा भ्रष्टाचार मुद्धा कारण हा नि यस्तो भएको । धेरै मत ल्याउँदा पनि तपाईंलाई भ्रष्टाचारी भनेर टिप्पणी गरिएकै छ । तपाईंलाई चुनेर काँग्रेस प्रतिनीधिले गल्ती त गरेनन् नि ? यस्तो प्रश्नमा खड्काले उत्तर दिएका छन्, ‘मलाई जसले चिन्छ, त्यसले मलाई कहिल्यै यस्तो आरोप लगाउन सक्दैन । मेरो मुद्धा फैसला गर्ने दुई न्यायाधीसमध्धे एक अहिले प्रधानन्यायधीस हुनुहुन्छ, कल्याण श्रेष्ठ । उहाँको आफ्नै जेठान बरुण श्रेष्ठलाई महानिर्देशक मैले बनाएको हुँ । बरुणजीलाई पक्कै मेरो विषयमा आफ्ना ज्वाइँसँग कुरा गर्नुभएको होला । उहाँलाई सोध्नुहोस न, उहाँसँग कहिल्यै मैले पैसा लिए कि ? कसैसँग पैसा लिएको भए, मलाई यति धेरै कार्यकर्ताले किन माय गरिरहनु पर्यो ? म तीन पटक गृहमन्त्री भए, मेरो वेलाका प्रहरीका आइजीपीलाई सोध्नुहोस् । मैले कसैसँग पनि पैसा मागेको छैन ।’

पदमा रहँदा भ्रष्टाचार गरी २ करोड ३६ लखा ८७ हजार रुपैयाँ बराबरको सम्पती आर्जन गरेको ठहरसहित ०५९ कार्तिक ४मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री तथा काग्रेस नेता खड्का विरुद्ध मुद्धा दर्ता गरेको थियो । तर, विेशष अदालतले उनलाई ०६३ चैत्र १५ मा सफाई दिएको थियो । त्यसपछि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गर्यो । ०६९ साउन ३० मा सर्वोच्चले खड्काले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्यो । सर्वोच्चले डेढ बर्ष कैद तथा ९४ लाख ७४ हजार १ सय ११ रुपैयाँ बिगो र सोही बराबरको जरिवानाको फैसला सुनायो । १ बर्ष २ महिनाको सजाय भोगी खड्का ०७० असोज २३ मा जेलमुक्त भए । त्यसपछि काँग्रेस राजनीतिलाई निरन्तरता दिएका खड्का १३औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । सभापति देउवालो उनलाई उपसभापति बनाउने तयारी गरेका छन् । यही बेला खड्काले प्रधानन्यायाधीसलाई चुनौति दिएका हुन् ।
ratopati

,

news and entertainment