भूकम्पबाट पाकिस्तानमा दुईजनाको मृत्यु

फोटो :एजेन्सी
काठमाडौं: आइतबार दिउँसो अफगानिस्तानको हिन्दुकश पर्वतमा गएको ६.८ म्याग्निच्यूडको भूकम्पबाट पाकिस्तानमा दुईजनाको ज्यान गएको छ ।

अफगानिस्तान-ताजिकिस्तान सीमाना नजिकै गएको भूकम्पबाट पाकिस्तानमा दुईजनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमयले जनाएका छन् ।


यो भूकम्पबाट अहिलेसम्म चारजना घाइते भएको खबर आएको छ । भूकम्पको केन्द्रबिन्दु राजधानी काबुलबा २८२ किलोमीटर उत्तर-पूर्वमा जमिनको २ सय १० किलोमिटर भित्र रहेको खुलेको छ ।

यो भूकम्पको सर्वाधिक असर दुई सय किलोमिटर भित्रको दायरामा परेको छ । यो भूकम्पको झट्का पाकिस्तानको राजधानी इस्लामावादसहित अधिकांश भूभागमा महुसस भएको थियो ।

त्यसैगरी भारतको राजधानी नयाँ दिल्ली, कश्मीर र उत्तराखन्डमसेत उत्तर भारतको सबै भूगोलमा महसुस भएको थियो ।

यो भूकम्पको झट्का काठमाडौंमा समेत महसुस भएको थियो । दिल्लीमा भूकम्पको झट्कापछि मेट्रो ट्रेनको सेवा समेत रोकिएको छ ।

भूकम्पको झट्कका भारतको जम्मु-कश्मीरका अतिरिक्त पञ्जाब, हरियाणा, चन्डीगढ़, राजस्थान  र उत्तर प्रदेशमा पनि महसुस गरिएको छ ।

रेडियो पाकिस्तानका अनुसार राजधानी इस्लामाबाद, पेशावर, स्वात, गिलगिट, फैसलाबाद र लाहौरमा तीब्र झट्का महूसस भयो। 'एक्सप्रेस ट्रिब्यून' का अनुसार पाकिस्तानमा डराउँदै धेरै मानिस घर बाहिर निस्केका थिए ।

अघिल्लो वर्ष अक्टोबरमा पाकिस्तान र अफगानिस्तानको सीमानामा आएको शक्तिशाली भूकम्पका कारण कम्तिमा पनि २ सय मानिसको ज्यान गएको थियो ।
annapurnapost

,

news and entertainment