अश्मी श्रेष्ठ भइन मिस नेपाल २०१६
काठमाडौं, २६ चैत । चितवनकी २२ वर्षीया सुन्दरी अश्मी श्रेष्ठले मिस नेपाल २०१६ को उपाधि जितेकी छिन् ।
शुक्रबार राति राजधानीको होटल अन्नपूर्णमा भएको अन्तिम प्रतिस्पर्धामा सबै १८ जना प्रतिस्पर्धीलाई उछिन्दै अश्मी मिस नेपाल २०१६ घोषित भइन् । उनलाई सन् २०१५ की मिस नेपाल इभाना मानन्धरले ताज पहिर्याइदिइन् ।
हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा मिस नेपाल फस्ट रनरअपको उपाधि रोशनी खत्रीले र वर्षा लेखीले सेकेण्ड रनर अपको उपाधि जितेकी छिन् ।
मिस नेपाल अश्मी श्रेष्ठले मिस नेपाल वर्ल्ड २०१६, फस्ट रनर्स अप रोशनी खत्रीले मिस नेपाल अर्थ तथा सेकेन्ड रनर्स अप वर्षा लेखीले मिस नेपाल इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् ।
अश्मी श्रेष्ठ (मिस नेपाल २०१६)
रोशनी खत्री (फस्ट रनर अप)
वर्षा लेखी (सेकेन्ड रनर अप)
प्रेरणा अधिकारी (मिस स्कलर र मिस ब्युटिफुल स्किन)
सिर्जना रेग्मी (मिस ट्यालेन्ट)
dainiknepal
