अनुहारलाई आकर्षक तथा सुन्दर बनाउन मेकअप गरिन्छ । मेकअप गर्नका लागि पनि त्यसका आफ्नै नियमहरु छन् ।
जसरी तपाईंले छालाको रक्षाका लागि मेकअप गर्ने नियम अनुसार मेकअप गर्नुहुन्छ त्यसैगरी मेकअप हटाउन पनि तपाईंले ध्यान पुर्याउनु आवश्यक छ ।
यदी जथाभावी रुपमा मेकअप हटाउनुभयो भने तपाईंको मुहारको छालामा क्षति पुग्नुका साथै छालामा विभिन्न समस्या आउन सक्छ ।
मेकअप हटाउनका लागि बदामको तेल प्रयोग गर्नु उपयुक्त हुनेछ । बदामको तेलमा यस्ता पोषक तत्व हुन्छन् जसले हाम्रो छालाको रक्षा गर्दछ ।
बदामको तेलमा छालामा रहेको चिल्लोपना हटाउने, एन्टी अक्सीडेन्ट तयार पार्ने हुँदा यसको प्रयोग गर्नु राम्रो मानिन्छ ।
बदाम तेल किन
मेकअप हटाउनका लागि तपाईंले यस्तो चिज खोजिरहनुभएको हुनसक्छ, जसले चाँडै तपाईंले लगाएको मेकअप हटाओस् । अनुहार सफा बनाओस् ।
आईलाईनर तथा मसकारा सफा गर्नका लागि भने अलि बढी ध्यान दिनु पर्छ । तपाईंले जुन किसिमको क्रिम या लोशन लगाएपनि त्यसलाई सुरक्षित तरिकाले हटाउने राम्रो विकल्प भनेकै बदामको तेल हो ।
यसमा कुनै प्रकारको रसायन हुँदैन । जसले मुहारको छालालाई पोषण प्रदान गर्छ, हानी गर्दैन ।
मेकअपका कारण अनुहारमा भएको चमक मेकअप हटाउँदा उड्न सक्छ । तर, बदामको तेलले तपाईंको छालाको चमकपनलाई कायम गराउनेछ ।
त्यस्तै तपाईंको मुहारमा पोतो, डण्डीफोरको समस्या छ भने पनि यसले हटाउन मद्दत गर्दछ ।
कसरी प्रयोग गर्ने
बदामको तेलले मेकअप हटाउन सजिलो छ । सबैभन्दा पहिला बदामको तेल हत्केलामा लिनुहोस् । त्यसलाई आफ्नो आँखा तथा त्यसको वरपर हातले दलेर मसाज गर्नुहोस । त्यसपछि कपासको टुक्रालाई गुलाब जलमा भिजाएर पुच्छनुहोस् । त्यसपछि तपाईंको अनुहारलाई राम्ररी पुच्छनुहोस ।
यदी तपाईंले वाटरप्रूफ मसकरा लगाउनुभएको छ भने अलि बढी तेलले मसाज गर्नुहोला ।
अनुहारबाट मेकअप हटिसकेपछि मनतातो पानीले मुख धुनुहोला ।
अब तपाईंले लगाएको मेकअप पूर्ण रुपमा सफा हुनेछ भने छालाको उचित रक्षा हुनेछ ।
annapurnapost
तपाईंलाई थाहा छ मेकअप हटाउने तरिका
news and entertainment
