लगातार ६ सिजन ३० गोल गर्ने रोनाल्डो पहिलो खेलाडी
रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो लगातार ६ सिजन ३० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । गएराति इबरविरुद्धको खेलमा रियल मड्रिड ४–० गोल अन्तरले विजयी हुँदा रोनाल्डोले एक गोल गरेका थिए ।
इबरविरुद्धको खेलमा रियल मड्रिड ४–० गोल अन्तरले विजयी हुँदा रोनाल्डोले एक गोल गरेका थिए । त्यही गोलपछि रोनाल्डोले यो सिजन ला लिगामा गोल संख्या ३० पु¥याउँदै लगातार युरोपियन लिगमा ६ सिजन ३० गोल गर्ने पहिलो खेलाडी बने । बार्सिलोनाका लियोनल मेसीले लगातार चार सिजनमात्रै ला लिगामा ३० गोल भन्दा बढी गोल गर्न सफल भएका छन् । म्यानचेस्टर युनाइटेडबाट सन् २०१० मा रियल मड्रिडमा आबद्ध भएका रोनाल्डोले ला लिगामा लगातार ६ सिजन ३० गोल भन्दा बढी गोल गर्दै आएका छन् । रोनाल्डोले रियल मड्रिडमा आबद्ध भएकै वर्ष ला लिगामा ४० गोल गरेका थिए । यस्तै दोस्रो सिजन ४६, तेस्रो सिजनमा ३४, चौथोमा ३१ र पाँचौ सिजनमा ४८ गोल गर्न सफल भएका थिए । यो सिजनमा ला लिगामामात्रै रोनाल्डोले ३२ खेलमा ३० गोल गर्न सफल भएका छन् । ला लिगामा यो सिजनमा पनि रोनाल्डो गोलकर्ताको शीर्ष स्थानमै छन् । उनीपछि बार्सिलोनाका लुइस स्वारेज छन् उनले यो सिजन २६ गोल गरेका छन् । तेस्रोमा रहेका मेसीको २२ गोल छ ।
News24Nepal
