हत्या आरोपी सांसद शाहको मुद्दा निष्पक्ष छानबिन गर्न राजेन्द्र महतोको माग

जनकपुरधाम, ११ वैशाख, सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले निलम्बित सभासद् सञ्जय साहको मुद्दामा सरकारले निश्पक्ष रुपमा छानबिन समिति गठनको माग गरेका छन् । जनकपुरमा शनिबार पत्रकारहरुसँग कुरागर्दै अध्यक्ष महतोले निर्षोदलाई दण्डित नगर्नु र अपराधीलाई नछाड्नु न्यायको सिद्धान्त रहेकाले सञ्जय साह प्रकरणमा हामीले बारम्बार निश्पक्ष छानबिनको माग गर्दै आएको बताए । अध्यक्ष महतोले सञ्जय साहको मुद्दाबारे मोर्चाको बैठकमा कुरा उठाएको जिकिर गर्दै यो सद्भावनाको निजी समस्या भएकाले सो प्रस्ताव अस्वीकार गरिएको बताए ।


निलम्बित सभासद् साह हालसम्म सद्भावना पार्टीको वरिष्ठ उपाध्यक्ष पदमा रहिरहेको बारेमा उनले सद्भावना पार्टी पुनर्गठन नभएकाले उनको पद सुरक्षित रहेको प्रतिक्रिया दिए । सङ्घीय गठबन्धनको बैठकबाट प्रथम चरणको आन्दोलनको घोषणा भएको भन्दै अबको आन्दोलनको स्वरुप परिवर्तन गरी सबै जिल्लाबाट आन्दोलन गरिने उनले बताए ।

‘काठमाडौँ जाउँ, सिंहदरबार घेरौँ, सरकार झुकाऔँ’ भन्ने नाराका साथ जेठ १ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने बताउँदै अध्यक्ष महतोले यो आन्दोलनमा सङ्घीय गठबन्धनमा आवद्ध रहेका हिमाल पहाडका जनजाति, दलित आदिवासी समेत आउने उल्लेख गरे ।
-aajakokhabar

,

news and entertainment