प्रयोगात्मक वाहेकको एसएलसी परीक्षा आजदेखि सम्पन्न , सबै उतीर्ण हुनेमा ढुक्क
यस वर्षको एसएलसी अर्थात प्रवेशिकााको प्रयोगात्मक वाहेकको परीक्षा शुक्रवार सकिएको छ । फलामे ढोकाको रुपमा परिचित प्रवेशिका परीक्षाको नतिजा अक्षराङक प्रणालीमा आउने भएपछि नतिजा सकारात्मक नै आउनेमा विद्यार्थी ढुक्क देखिएका छन । प्रवेशिका परीक्षा त सकियो अव नतिजा आउन कम्तिमा दुई देखि तीन महिना लाग्छ । प्रवेशिका पछिको यो समयलाई विद्यार्थीहरुले कसरी सदुपयोग गर्ने त ?
यस वर्षको प्रवेशिका परीक्षामा कुल छ लाख १५ हजार ५ सय ५३ परीक्षार्थी सहभागी भए । जसमा नियमिततर्फ चार लाख ५२ हजार ८ सय ८१ र ‘एक्ज्याम्टेड’तर्फ एक लाख ५९ हजार ४ सय १७ विद्यार्थी सहभागीे थिए । यसैगरी प्राविधिकतर्फ भने तीन हजार २ सय ५५ जना परीक्षार्थी सहभागी भए । प्रवेशिका परीक्षा सकिएसँगै अव अधिकाँश अविभावकलाई आफ्ना सन्तानलाई के पढाउने कहाँ पढाउने भन्ने चिन्ताले पिरोल्न थालिसकेको छ । यसपलिको परीक्षामा कोही पनि असफल नहुने भएपछि अविभावक विद्यार्थी ढुक्क छन । तर यो सँगै कुन ग्रेड आउँछ राम्रो ग्रेड आएन भने रोजेको कलेजमा भर्ना हुन नपाउने हो की भन्ने डर उनीहरुमा जिवितै छ । यता विद्यार्थीहरुको योजना भने यस्तो रहेको छ ।
तर शिक्षक नन्द कुमार झा भने यो खाली समयलाई विद्यार्थीहरुले सकभर आफ्नो नियन्त्रणमा राख्नुपर्ने सुझाव दिनुहुन्छ ।
परीक्षा सकिएसँगै विद्यार्थीहरुलाई आफ्नो संस्थामा तान्नेहरु जोडतोडले लागिरहेका थिए । परीक्षा दिएर विद्यालय परिषदवाट वाहिरिदै गरेको विद्यार्थीहरुलाई आ आफ्नो संस्थाको पम्प्लेट वाँडेर प्रचार गरिरहेका थिए विभिन्न संस्थाहरु । विभिन्न विषयका व्रिज कोर्ष, भाषा कक्षा, संगीत कक्षा लगायतका कोर्षहरुको व्यापक प्रचार प्रसार भइरहेको थियो । अविभावकहरुले पनि यो विषय पढनै पर्छ भनेर जिद्धी गर्नको साटो विद्यार्थीहरुको रुचि के मा छ त्यसलाई ध्यानमा राखि पढाउन उचित हुन्छ । प्रवेशिका पछिको दुईतीन महिनाको समयलाई रिफ्रसमेन्ट र अहिलेसम्म पढेको कुराहरुलाई समिक्षा गर्ने हो भने विद्यार्थीहरुको लागि उपयोगी हुनसक्छ ।
News24Nepal
