एकरात सँगै सुतेकी युवती हराएको सूचना !
साझपख तरकारी किन्न नयाँ वानेश्वर संविधानसभा भवन पछाडिको तरकारी बजार गएको थिए । ५ मिनेट तरबारी बजार घुमेपछि १ ढक आलु र १ केजी काउली लिएर निस्किए । फागुनको महिना थियो । रातको ७ बजिसकेकाले पनि चारैतिर अध्यारो थियो । संविधानसभा भवन पछाडिबाट राष्ट्र बैंकको बाटो हुँदै म तरकारी लिएर भित्रि गल्लीबाट कोठा जाँदै थिए । कोठा बाहिर गेटमै पुग्दा सेतो कपडामा लामो कपाल भएकी युवती देख्दा झसंग भए । एकछिन ठिङ्ग उभिए । ऊ त्यही पल्टिएकी थिई । नजिकै गएर हेरेपछि थाहा भयो उसमा प्राण थियो, उसका हातहरु चलिरहेका थिए । त्यसपछि म ढुक्क मैले हिजो साझ हरर फिल्मम हरेजस्तो त्यहाँ कुनै भूत थिएन न मृत आत्मा नै । लामो शास लिदै गेट खोलेर म भित्र पसें ।
अधेरी रात अनि यो सन्नाटाको बीच यसरी पल्टने को होला ? भन्ने प्रश्नले मनमा खुलदुली मच्चिरह्यो । कोठामा गएर झ्याल खोलेर हेरें । ऊ अझै त्यही थिई । अघि मैले जुन पोजिसनमा उसलाई देखेको थिए ऊ अहिले पनि त्यही पोजिसनमा थिई । म कुकरमा दाल र राईस कुकरमा भात बसाउँदै तरकारी काट्न थालें । करिब १ घण्टापछि भात, दाल र तरकारी पाक्यो ।
***
फेरि एकपटक झ्लबाट बाहिर आँखा डुलाए । सेतो सुरवाल र कुर्ता लगाएकी युवती अझैपनि त्यही थिई । घरहरुमा बलेको बत्तिकोे प्रकाशले त्यो सेता लुगा लगाएकी त्यही युवती हो भन्ने कुरामा म ढुक्क थिए । तर अहिले उसको पोजिसन छुट्याउन भने निकै मुस्किल थियो । झ्याल बन्द गर्दै मोबाइलमा वाईफाई कनेक्ट गरेर फेसुबक खोले । एकछिन न्यूफिड्स हरेपछि भोक लाग्यो अनि खाना खाए । जाडोमा बिहान भाडा माझ्न अल्छी लाग्ने भएकाले त्यो काम पनि फत्ते गरें ।
***
यी सवैका बीच गेट बाहिर रहेकी युवतीको बारेमा मेरो मनभरी प्रश्न जागिरहे । यतिबेला रातको १० बजिसकेको थियो । झ्याल खोले र फेरि गेटतिर आँखा लगाएँ । छिमेकका घरमा सवै बत्ति बन्द गरेर सुतिसकेका थिए । त्यसैले अहिले त्यहाँ कुनै प्रकाश परेको थिएन । पुरै अन्धकार थियो । फोर्स लाइटको सहायताले मैले फेरि गेटतिर आँखा डुलाए । सेता लुगा लगाएकी युवती अलिहेपनि त्यही थिई ।
***
‘को होली, यहाँ किन आएकी होली, उसको घर कहाँ होला, कतै केही समस्यामा त परेकी छैने…’ मेरो मनमा यस्तै विभिन्न प्श्नहरु उठ्न थाले । मानवताको नाताले पनि यसरी एउटी युवती ३ घण्टादेखि पल्टरहँदा अब म निरिह बन्न सकिन । लाइट बोकेर तलतिर झरें ।
***
‘इस्कयुज मि’, ‘हेल्लो’, ‘आर यु लिसनिङ’ भन्दै उसलाई बोलाउन खोजे तर त्यसको कुनै प्रतिक्रिया नआएपछि ऊ नजिकै गए र उसलाई रामेसँग हेर्न थाले । उसको अनुहारमा लाइटको उज्यालो परेपछि ऊ नशामा भएको कुरा अनुमान लगाउन मलाई कुनै बेर लागेन । उसको त्यो अनुहार मेरा लागि निकै अपरिचित थियो । यसभन्दा अघि उसलाई मैले कहिल्यै देखेको थिएन । अब मलाई के गरु के नगरु भयो । केही सोच्नै सकिन । मनमा अनेकथरी प्रश्न, प्रतिप्रश्नका बीचमा मानवताको नाताले उसलाई उठाएर कोठातिर लगे । उसलाई उठाएर भित्र के लग्न लागेको थिए ‘प्रविण, प्रविण, प्रविण…’ भन्ने कुनै युवकको नाम उसको मुखबाट निस्कियो । मैले उसलाई लगेर आफ्नो बेडमा राखे ।
***
चिसो पानीले उसको अनुहार सफा गरिदिएँ । त्यसपछि उसलाई कागती पानी खुवाइदिएँ । उसको मुखबाट रक्सीको गन्ध आइरहेको थियो । केही क्षणपछि उसका आँखा विस्तारै खुल्न थाले । यताउता हरेपछि ऊ जुरुक्क उठी । सायद अन्जान ठाउँ देखेर हुनुपर्छ । उसका आँखा सिधै ममा ठोक्किए । फेरि उसले एकपटक चारैतिर हेरि ।
***
‘प्रविण खोई ?’ केही क्षणको मौनता तोड्दै उसले मलाई प्रश्न गरी ।
‘को प्रविण’ मैले ठाडो जवाफ फर्काएँ ।
‘हामी प्रविणको घर जानेवाला थियौ, तपाई को ?’ उसको अर्को प्रश्न मलाई गरी ।
‘तिमी अगाडि गेटमा पल्टिरहेकी थियौँ । ३ घण्टासम्म त्यही देखेपछि मलाई दाया आयो अनि कोठामा ल्याएको । तिमी पहिले फ्रेस भएर आऊ अनि कुरा गराँैला’ मेरो सर्ट र फूल भेस्ट दिँदै मैले उसलाई कोठाभित्रकै अट्याच बाथरुम देखाएँ ।
***
ऊ एकैछिनमा नुहाएर निक्ली । अति सुन्दर देखिएकी थिई । भिनेको कपाल, कपालबाट तपतप झरेको पानीले गलाएका उसका ओठ, जाडोले कापेका उसका शरीर, निकै सुन्दर देखिएकी थिई ऊ । मनमनै साचे कस्सो उसलाई अरु ट्पापे केटाहरुले भेटेनछन् नत्र उमाथि उनीहरु कसरी आइलाग्ने थिए होला । उसको यो उर्लदो जवानी माहुरीले चुस्न नपाउँदै कोठामा ल्याएकोमा म आफूलाई आफैले गर्र्व गर्न थालें ।
ऊ बेडमा बसेर जोडजोडले रुन थालि । म भने फसादमा परें । यो रातको ११ बजे उसको रुवाई कसैले सुन्यो भने के होला भन्ने लाग्यो । अनि ‘नरोउन कसैले सुन्यो भने फेरि मलाई अपराधि भनेर जेलमा हालिदेलान् ।’ मैले यति भनेपछि ऊ पिलपिल गर्दै आँखाबाट आसु झार्न थाली । म भने उसका अगाडि मोन बसिरहे । आखिर उसको आँसुको कारण नबुझि गर्न पनि के नै सक्थेँ र ।
उसको भावुकता देखेपछि मैले ‘किन रोएको नरोउन प्लिज । तिमी रोएको देख्दा मलाई पनि रुन मन लागिसक्यो’ भने । उसले मतिर हेर्दै फेरि पिलपिल गर्न थाली ।
‘केही भन्यौँ भने न मैले तिमीलाई सहयोग गर्न सक्छु’ उतिर हेर्दै मैले भने ।
‘अब सबै सकिइसक्यो ’ उसले जवाफ फर्काई ।
‘होइन के सकियो ?’ मैले तत्कालै सोधिहाले ।
‘उसले मलाई धोका दियोे ।’ उसले भनि ।
‘कसले दियो तिमीलाई धोका, अनि कसरी ?’ मैले उसलाई तत्कालै प्रश्न गरें ।
‘प्रविणले’ त्यही अघिदेखि नाम लिइरहेको केटाको नाम लिँदै उसले मलाई भनि ।
‘अरु पनि केही भन्न मिल्छ ?’ मैले यति सोधेपछि फेरि ऊ पिलपिल गर्न थाली अनि आँखाबाट आँसुका धाराहरु बग्न थाले । ‘कति जाडो है’ भनेर मैले प्रशंग बदल्दै उसलाई नजिकैयो सिरक ओड्न संकेत गरें । उसले आफूलाई सहयोग गरेकोमा मलाई धन्यावाद दिई ।
‘मैले अझै पनि तिमीलाई सहयोग गर्न सक्छु । तर यदी तिमीले मलाई त्यो अवसर दियोँ भने’ मैले भनेको कुरा उसले बुझिहाली । आँखाबाट आँसु पुछ्दै उसले मप्रति आसाको करिणले हेर्न थाली ।’
‘साच्ची सहयोग गर्नुहुन्छ त ?’ अपत्यारिलो पारामा उसले प्रश्न तेर्साई ।
‘गरिहाल्छु नि’ रात धेरै परिसकेकाले हाई काट्दै मैले उसलाई भने ।
***
‘प्रविण एक वर्ष पहिले फेसबुकमा भेटिएको थियो । त्यहीबाट हाम्रो प्रेम बस्यो । ऊ आवारा भएता पनि मलाई निकै मन पर्न थाल्यो । एकदिन उसले शारीरिक सम्बन्ध राख्नका लागि मलाई फोर्स गर्यो । मैले बिहे अघि हुँदैन भने । उसले अर्को वर्ष घर गएका बेला बाबुआमासँग कुरा गरेर बिहे गर्ने आश्वासन दियो । अनि म राजि भएँ र हामीबीच शारीरिक सम्बन्ध बस्यो । पछि यसले निरन्तरता पाउँदै गयो । त्यसको तीन महिनापछि मेरो पेटमा गर्भ बस्यो । आज यो गर्भ ५ महिनाको भइसकेको छ । घरकाले पनि मेरो व्यवहार देखेर संखा गर्न थालिसकेका छन् । यस्तो अवस्थामा प्रविणले मसँग बिहे गन दिन सार्दै गयो । यसको घर कहाँ, उसले कहाँ जब गर्छ मलाई केही थाहा छैन । सोध्दा जहिले किन चाहियो तिमीलाई भन्थ्यो ।’
ऊ आँखाबाट आँसु झर्दै भन्दै थिई ,‘मलाई धोका दिएर विदेश जान आटेको रहेछ । मैले थाहा पाएपछि उसको कोठामा गएँ । म जाँदा उसले सबै तयारी गरिसकेको थियो । मैले मलाई बिहे नगर्दै उसलाई कही जान नदिने ढिपी कसें । उसले विदशेबाट आएर गर्छु भन्यो । मैले आफू त्यही मर्ने तर उसलाई त्यहाँबाट जान नदिने बताएपछि उसले ल हुन्छ बिहे पनि गरौँ अनि म विदेश पनि जान्न भन्यो । मेरो साथीले उसलाई साथीसँग विदशेजाने कुरा गरेको नसुनेको भए म बर्बात नै हुनेथिएँ । उसको आजै साझ ९ बजेको फ्लाई रहेछ… ।’ यतिकैमा रोकिई ।
***
उसका कुरा ध्यानपूर्व सुन्दै मैले ‘अनि’ मात्र भने ।
उसले फेरि सुनाउन थाली, ‘ऊ बसको टीकट काट्न जान्छु भोली हामी घर जाने भन्दै बाहरितिर निस्कियो । म भने उसकै कोठामा बसिरहें । १ घण्टापछि ऊ भोलीको दुईवटा टिकट लिएर आयो । टिकट पोखराको थियो । टिकट देखाउँदै केही दिन पोखरा घुम्ने र त्यसपछि उसको घर जाने बतायो । म खुसीले दंग परें । साथमा उसले रक्सी पनि ल्याएको थियो । रक्सीको बोतल खोल्दै आज यसको उपलक्ष्यमा पाटी गर्नुपर्छ भन्यो । मैले रक्सी नखाने बताए । तर मेरो लागि अलिकति भन्दै उसले आग्रह गरेपछि मैले टार्न सकिन । उसका लागि यतिसम्म गरिसकेकी थिएँ अब जाबो रक्सी खानु कुनै ठूलो कुरा थिएन । हामीले रक्सी खायौँ । उसले फोन गरेर आफ्ना साथीलाई बाइक लिएर आउन भन्यो । ४ जना साथीहरु आए । सायद उसले रक्सीमा केही मिसाएको हुनुपर्छ मेरा आँखा तिरिमिरि गर्न थाले ।’
फेरि ऊ रोकिई । मैले उसलाई ‘त्यसपछि के भयो ?’ भनि सोधें ।
‘त्यसपछि सामान बोकेर ऊ निस्कियो । मैले धमिलो धमिलो मात्र देखिरहेकी थिएँ । मेरा हातखुट्ट केही चलेनन् त्यसैले मैले उसलाई रोक्न सकिन अनि कहाँ जान लागेको भनेर सोध्न पनि । त्यसपछि के भयो मलाई केही थाहा छैन । एकैपटक यहाँ आएर मेरो होस् खुल्यो । यतिबेला प्रविण नेपाल छाडेर गइसक्यो । अब म मर्नु बाहेक केही बाँकी छैन ।’ उसले भनि ।
***
उसका कुराले मलाई निकै भावुक बनायो । यसअघि उसलाई सहयोग गर्छु भनि दिएको आश्वासन सम्झे तर अब भने सहयोग गर्ने कुनै आधार बाँकी थिएन । नत केटाको घर थाहा थियो, न अब ऊ नेपालमा नै थियो । त्यसो त गहिराईमा पुगेर प्रविण भन्ने व्यक्तिको नामबाट आज विदेश गएका जतिको लिस्ट हेरी केही गर्न सकिने अन्तिम उपाय थियो । यति चलाख व्यक्तिले आफ्नै असली नाम नै भन्यो होला भन्ने मलाई लागेन । त्यसैले भोली उसको कोठामा जाने र त्यहाँबाट केही न केही सुराक पक्कै पत्ता लाग्ने अनुमान मैले गरें । यो कुरा उसलाई सुनाएर केही सान्तवना दिने प्रयास गरें ।
‘अँ साच्ची तिम्रो नाम ?’ मैले कुरा अलि मोड्दै सोधें ।
‘गीता श्रेष्ठ’ उसले जवाफ फर्काइ ।
‘घर कहाँ, के गर्छौ ?’ भन्दै मैले अर्को प्रश्न तेर्साइहाले ।
‘घर काठमाण्डुमै हो । म अहिले १२ कक्षामा पढ्दै छु । मेरो ममीको म सानै छँदा मृत्यु भएको हो । अहिले ड्याडीले घरमा कान्छी आमा ल्याउनुभएको छ । म एक दुखी केटी हुँ । परिवारबाट माया नपाएपछि प्रेमीबाट आश गरेकी थिएँ तर अभागी न परें ।’ उसले मैले सोधे नसोधेका कुराहरु एकैपटक भनि अनि आँखाबाट फेरि तर्र आँसु झार्न थाली ।
***
म शब्दबिहीन भएँ । आँखाबाट खस्न लागेका आँसुलाई जबरजस्ती भित्रै गुम्साएर राखें । हातको घडी हेरें १ बज्न थालिसकेको थियो । उतिर हेर्दै भने, ‘अब सुत्ने कि ?’
सुत्ने त भने तर कोठामा एउटा मात्र बेड थियो । उसले अफ्टेरो माने जसरी एकपटक फेरि कोठामा आँखा डुलाई । मैले उसको भाव बुझिहाले अनि भने, ‘तिमी बेडमा सुत म तल भुईम सुत्छु ।’ उसले अलि अफ्टेरो मने जसरी भनि, ‘होइन माथि नै सुते भइहाल्छ नि । तपाईं सिरक ओढ्नुस् म ब्ल्याङ्केट ओढ्छु ।’ उसले जवाफ फर्काइ ।
सायद उसले ममा इमानदारिता देखेकी थिई होला । हुन त यति ठूलो घटना भइसकेपछि केटाहरुप्रति उसको विश्वास नरहनुपर्ने तर उसमा त्यो भाव देखिएन । उसको कुरालाई स्वीकार गर्दै म उसकै छेउमा दाहिने फर्किएर सुतें र भने ऊ देब्रे फर्किइ ।
***
‘हजुरको नाम त भन्नुभएन नि ?‘ उसले उतैबाट प्रश्न गरी ।
‘म विजय शर्मा । लेखक हुँ । गजल, कविता, कथा लेख्ने गर्छु । अब उपन्यास लेख्ने तयारीमा छुँ ।’ मैले आफ्नो छोटो परिचय उसलाई दिएँ ।
‘त्यसो भए त म साहित्यकारको कोठामा पो रहिछु । मेरो कथा पनि लेख्नुहुन्छ त ?’ भन्ने उसका प्रश्नले म झसंग भएँ । आफ्नै अगाडि सत्य कथा र पात्र हुँदाहुँदै मैले त्यसलाई चिन्न नसकेकोमा आफूलाई धिक्कारें ।
कथा मात्र किन, ‘भोली बसेर तिम्रो बारेमा अरु धरै कुरा सुनाउ मलाई अनि प्रविणको बारेमा पनि जानकारी लिउँला त्यसपछि त उपन्यासनै बन्छ नि ।’ भन्दै मैले उसलाई जवाफ फर्काएँ । त्यसपछि ऊ ‘गुडनाइट’ भन्दै पूर्णरुपमा देब्रे फर्की ।
‘वके गुट नाईट’ भन्दै म पनि आफ्नो दाहिने फर्के । एकछिन निद्रा लागेन । यसरी पहिलो पटक कोही अन्जान केटीसँग एउटै बेडमा सुतेको थिएँ । त्योभन्दा धेरै भोलीको प्रतिक्षाले ममा तिब्रता छायो । कोठामा बत्ति पनि बलिरहेको थियो । उज्यालोमा सुत्ने बानी थिएन । आँखाहरु हातको घडिमा डुलाएँ । २ बजिसकेछ । अब त भएन भन्दै आँखा बन्द गरें । कतिबेला निदाएँ पत्तै पाइन ।
***
अर्को दिन बिहान उठ्दा ७ः४० भइसकेको रहेछ । जुरुक्क उठेर गीतातिर हेरेँ । उ मभन्दा पहिल्यै उठिसकेकी रहिछ । बाथरुम गएकी होला भन्ने अनुमान लगाएँ । तर बाथरुममा बाहिरबाट चुकुन लगाएको थियो । आफ्नो कोठाको ढोका हेरें । चुकुन खुला थियो । त्यसपछि छतमा गएकी छ कि भनेर हेर्न गएँ । अहँ उसलाई त्यहाँ पनि भेटिन । निराश हुँदै कोठामा आएँ । मुख्य पात्र नै गुमाउँदा धेरै पीडा भयो त्यो भन्दा बढी उसको बारेमा सोचेर भयो । यस्तो अवस्थामा कहाँ गई होला । न फोन नम्बर छ न कुनै ठेगाना । टाउकोमा हात राख्दै कुर्सीमा बसें ।
आँखाहरु टेबलतिर गएँ । त्यहाँ कापीका पानाहरुमा केही लेखिएका थिए । मैले झट्ट हेरिहाले । त्यो पत्र गीताले मलाई नै सम्बोधन गरेर लेखेकी थिई । जसमा लेखिएको थियोः
विजयजी,
तपाईप्रति कसरी आभार व्यक्त गरुँ मसँग कुनै शब्द नै छैन । यसरी एउटी अञ्जान केटीलाई आश्रय दिएर उसको दुःखमा साथ दिन चाहनुभयो, अनि एकल स्त्रीसँगै हुँदा हजुरले मप्रति कुनै गलत दृष्टी लगाउनु भएन । मलाई सम्मान दिनुभयो । हजुर महान् हुनुुहुन्छ । यहाँ तपाईंजस्ता विजयहरुको खाँचो छ नकि प्रविणजस्ता कलंकहरुको । सबैलाई तपाईजस्तै प्रेमी मिलोस् भन्ने कामना गर्छु । अब म यो भन्दा बढी हजुरलाई दुःख दिन चाहन्न । मेरो कारणले पछि तपाईंको जीवनमा कुनै असर नपरोस् भन्ने चाहन्छु म । त्यसैले म तपाईंको कथाकी पात्र बन्न सकिन । मलाईं माफ गरिदिनुहोला । सायद आजदेखि म यो संसारमा हुनेछैन । हाम्रो भेट पनि हुँदैन । म बाच्नुको यहाँ कुनै अर्थ छैन । पेटमा कसैको नासो बोकेर अविवाहित नारीलाई बान्चे कुनै अधिकार छैन । गल्ती जसको होस् तर समाजद्धारा हामी नारी नै गलत ठहछौँ । अर्को जन्ममा म तपाईंकै प्रेमीका बन्न पाऊ भन्ने कामना गर्छु । मिल्छ भने मेरो यो यथार्थतालाई तपाईंको साहित्यको कुनै कुनामा स्थान दिनुहोला । ताकि म जसरी अन्य नारीहरु झुटा आश्वासनमा नफसुन् र अकालमै मृत्यु अंगाल्न नपरोस् ।
***
उसको पत्र पढेर आँखाभरी आँसु आएँ । मन भक्कानीएर आयो । म जोडजोडले रोएँ । मैले सोच्नै सकिन यो सपना
थियो या विपना…
kathmandutoday
