चर्चित फिल्म 'क्याराभान' का नायक थिन्लेको निधन

डोल्पा: ओस्कारमा मनोनित चर्चित फिल्म 'क्याराभान' का नायक लेण्डुप थिन्लेको आइतबार निधन भएको छ ।

माथिल्लो डोल्पाका स्थायी बासिन्दा थिन्लेको डोल्पाकै खेत्कामा निधन भएको हो ।



डोल्पाको दुनैबाट चवाङतर्फ जाँदै गरेका पेटको क्यान्सरबाट पीडित उनको खेत्कामा पुगेपछि निधन भएको हो

उनी निधन भएको स्थान डोल्पा सदरमुकाम दुनैबाट करिब ५ घण्टाको पैदल दुरीमा रहेको छ ।

फ्रान्सेली निर्देशक एरिक भ्यालीले निर्माण गरेको थिन्ले अभिनित फिल्म क्याराभान विश्वचर्चित बन्दै बहुप्रतिष्ठित ओस्कार अवार्डका लागि पनि मनोनित भएको थियो।
annapurnapost

, ,

news and entertainment