पोर्चुगल, पश्चिमी अफ्रिकी मुलुक केप वर्देमा एक सैनिकले आफ्ना आठ जना सहपाठीसहित ११ जनालाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले उनको खोजी सुरु गरेको छ ।
पूर्व पोर्चुगाली उपनिवेश केप वर्देका राष्ट्रपति जर्ज कार्लोस फनसेकाले आफ्नो फेसबुक पेजमा जनाएअनुसार हत्यामा संलग्न भगुवा सिपाहीको खोजी भइरहेको बताउनुभएको छ ।
मङ्गलबार राति उनले आफ्ना आठ सहकर्मीसहित तीन नागरिकको हत्या गरेको सरकारले आरोप लगाएको छ ।
आक्रमणकारी सैनिक आफ्नो शिविरमा असन्तुष्ट भएपछि एकाएक बेपत्ता भएका थिए ।
मृतकमध्ये दुई स्पेनी नागरिकसमेत भएको बताइएको छ । आक्रमण गर्ने सिपाहीको नाम भने सार्वजनिक गरिएको छैन ।
राष्ट्रपति फनसेकाले आफूले तत्कालै विदेश भ्रमणको कार्यक्रमलाई रद्द गरी अनुसन्धानलाई अगाडि बढाउने बताउनुभएको छ ।
यसैबीच स्थानीय पत्रिका ‘अ सेमाना’ ले अहिले राजधानी प्राइयामा ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरी आक्रमणकारीको खोजी भइरहेको जनाएको छ । रासस
आठ सैनिकसहित एघार जनाको गोली हानी हत्या
news and entertainment
