मेट्रो रेलको संभाव्यता अध्ययनका लागि चार महिनाको समयावधि



प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको २३ औं बैठकले मेट्रो रेल सञ्चालनको दिगोपनलाई सुनिश्चित गर्न काठमाडौं उपत्यकामा मेट्रो निर्माणको सम्भाव्यता अध्ययन गरी त्यस बमोजिमको प्रस्तावको विकास र कार्यान्वयन गर्न  निणर्यका लागि मन्त्रिपरिषद समक्ष प्रस्ताव लैजाने निणर्यसमेत गरेको छ ।



बैठकले काठमाडौं उपत्यकामा मेट्रो रेलको सम्भाव्यता अध्ययनका लागि अनुमति पाएको कम्पनीलाई विस्तृत परियोजना प्रस्ताव पेस गर्न चार महिना समयावधि थप गर्न निणर्य गरेको छ ।

बोर्डले नेपालमा जियो थर्मल प्लान्टको विकास गर्नेसम्बन्धी प्रस्तावहरु लगानी बोर्ड ऐनअनुसार कार्यान्वयन गर्न तोक्ने निणर्यका लागि मन्त्रिपरिषद समक्ष प्रस्ताव पठाउने निणर्य गरेको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले विकास निर्माणका काम कुनै पनि बहानामा कुनै पनि निकाय वा पदाधिकारीबाट हुने ढिलासुस्ती र रोकावट सरकारलाई स्वीकार्य हुन नसक्ने बताउनुभयो ।

फोहरमैला व्यवस्थापनको डिपिआर स्वीकृत गर्ने लगानी बोर्डको निर्णय

लगानी बोर्डले काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनका लागि पेस गरेका परियोजनाका प्रतिवेदन डिपिआरका सर्त स्वीकृत गर्ने र प्रस्तावका सर्तलाई पूरा गर्न लगाई स्वीकृतिका लागि बोर्डसमक्ष पेस गर्न कार्यालयलाई अख्तियारी दिने निणर्य गरेको छ ।
 News24Nepal

news and entertainment