बागमती नदीमा कार खस्यो, दुई महिला घाइते
काठमाडौं, २६ चैत । राजधानीको तिनकुनेमा पर्ने बागमती नदीमा खसेर शुक्रबार एक निजी कार दुर्घटनामा परेको छ ।
शुक्रबार अपरान्ह भएको यो दुर्घटनामा परी दुई महिला घाइते भएका छन् । कार एक जना महिलाले चलाएकी थिइन् ।
उनीहरुको कान्तिपुर अस्पतालमा उपचार र नदीमा खसेको कारलाई क्रेनको प्रयोग गरेर निकालिएको उनले बताए ।
फोटोः ईकान्तिपुरबाट ।
