ओलीले यी मन्त्रीलाई बर्खास्त गरे, नयाँलाई आजै सपथ खुवाउने तयारी
काठमाडौँ, १५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टलाई बर्खास्त गरेका छन् ।
राप्रपा नेपालले सांसद रेशम लामालाई उक्त पदमा सिफारिस गरिसकेको छ । उनलाई आजै साँझ प्रधानमन्त्रीले पद तथा गोपनियताको सपथ गराउने कार्यक्रम छ ।
पार्टीले यसअघि नै पार्टीको नीति विपरित अभिव्यक्ति तथा गतिविधि गरेको भन्दै विष्टलाई मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । रासस
dainiknepal