बैशाखदेखि ९ घण्टा लोडसेडिङ घट्ने उर्जामन्त्रीको घोषणा, अर्काे वर्ष पुरै हट्ने

काठमाडौं, २७ चैत । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले नयाँ वर्ष २०७३ (बैशाख) मा लोडसेडिङ आधारभूत रुपमा अन्त्य हुने र ०७४ सालमा पूर्णरुपमा अन्त्य हुने घोषणा गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री रायमाझीले लोडसेडिङ् अन्त्य गर्ने सवै पूर्वाधार पूरा भैसकेकोले आगामी नयाँ वर्षवाट यसको प्रभाव देखिने उद्घोष गरेका हुन् ।
उनले भने, ‘उर्जा संकट निवारण गुरुयोजनाअनुसार द्रुत गतिमा काम भैरहेकोले आगामी २०७३ सालमा दैनिक ४ देखि ५ घण्टासम्ममात्रै लोडसेडिङ् हुने ठोकुवा गर्दछु, मैले बलियो जग हालिसकेको छु, सरकार परिवर्तन भएपनि केही असर पर्दैन, काम अघि बढ्छ ।’
रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा मन्त्री रायमाझीले विभिन्न अपठ्यारो परिस्थितिको बावजुद पनि आफूले उर्जा क्षेत्रमा आमूल परिवर्तन ल्याएको दाबी गर्दै अब मुलुकले आगामी दिनमा उर्जाको समस्या भोग्नु नपर्ने बताए । उनले भने,‘हामी केही वर्षमै विद्युत उत्पादन गरेर निर्यात गर्ने सामाथ्र्य राख्नेछौं ।’
उनले उर्जा क्षेत्रको विगत १ सय ५ वर्षे लामो ईतिहास अत्यन्तै कमजोर रहेको उल्लेख गर्दै पूरानोलाई क्रमभंग गरेर नयाँ गुरुयोजनाहरु सूचारु गर्न आफूले उल्लेखनीय काम गरेको दाबी गरे । उनले भने, ‘उर्जा क्षेत्रको संकट निवारणका लागि उर्जा दशकको रुपमा मैले विभिन्न विशेषज्ञहरुसँग परामर्श गरेर वैज्ञानिक र वस्तुवादी कार्ययोजना ल्याएको छु, यसले उर्जा क्षेत्रमा उथलपुथल ल्याउँछ ।’
उर्जा क्षेत्रको विकासको लागि विभिन्न ठाउँमा सञ्चालित आयोजनाहरुलाई समेत समायावधिमै समाप्त गर्न आपूmले आवश्यक पहलकदमी चालिसकेको जानकारी दिँदै उनले भने,‘निर्माणधिन सबै आयोजनाहरुलाई समयमै पूरा गर्न मैले आदेश दिसकेको छु ।’
ठूला आयोजना अन्र्तगतका बुढीगण्डकी, नौमुरे, नलसिंहगाढ, अपर अरुण, सुनकोशी लगायतका हाईडा«ेप्रोजेक्ट समेत चाँडै निर्माण कार्य अगाडि बढ्ने मन्त्री रायमाझीले जानकारी दिए ।
भारतबाट आउने भनिएको ६ सय मेगावाट विद्युत्त ढल्केवर र अन्य ठाउँमा सव–स्टेशनको अभावका कारण आउन नसकेको बताउँदै त्यो पनि चाँडै आउने उनको दाबी छ । उनले क्रस ब्रोडर टा«न्समिसन लाईनको काम समेत तिव्र रुपमा अघि बढिरहेको बताउँदै छिट्टै चीन र भारतसँग विद्युत आदान–प्रदान हुने जानकारी दिए ।
ट्रान्समिसन लाईनको समस्याका कारण पूर्वी तराई र काठमाडौं उपत्यकावीच सन्तुलन कायम गर्न असहज भएको कारण उपत्यकामा दैनिक ११ घण्टा लोडसेडिङ् हुने गरेको मन्त्री रायमाझीले स्पष्ट पारे ।
अहिले ओलीको विकल्प छैन
फरक प्रसंगमा मन्त्री रायमाझीले ओली नेतृत्वको सरकारले स्थानीय निर्वाचन र संसदीय निर्वाचन गराएरमात्रै सत्ता हस्तान्तरण गर्ने दाबी गरे । उनले भने,‘यो सरकार ढल्ने सम्भावना नै छैन, यसले आफ्नो कार्यकाल पूरा गरेरै छाड्छ ।’
वर्तमान सरकार ढाल्न एमाओवादी अध्यक्ष नै लागिपरहेका छन नि भन्ने सञ्चारकर्मीको जिज्ञासमा मन्त्री रायमाझीले भने,‘यो मिथ्या हो, यो वामपन्थीको सरकार हो, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख वामपन्थीको छ, मुलुक वामपन्थीमय बनेको छ, यो अवस्थामा अध्यक्ष प्रचण्ड पनि सरकार परिवर्तन गर्ने पक्षमा हुनुहुन्न, त्यसैले अहिले ओलीको विकल्प छैन ।’
उनले ओलीकै नेतृत्वमा सहभागी भएर संविधान कार्यान्वयन गर्न प्रतिपक्षी दल काँग्रेस र मधेशवादी दलहरुलाई समेत आग्रह गरे ।
dainiknepalकाठमाडौं, २७ चैत । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले नयाँ वर्ष २०७३ (बैशाख) मा लोडसेडिङ आधारभूत रुपमा अन्त्य हुने र ०७४ सालमा पूर्णरुपमा अन्त्य हुने घोषणा गरेका छन् ।

dainiknepal

,

news and entertainment