नवयुगको गोलमा आर्मीलाई अग्रता

चैत २७, काठमाण्डौ ।

सर्वाधिक पुरस्कार राशीको रमपम झापा गोल्डकप फुटबलमा आर्मीले अग्रता लिएको छ । विर्तामोडस्थित डोमालाल रंगशालामा खेलको १८ औ मिनेटमा स्ट्राईकर नवयुग श्रेष्ठले विभागीय टिमलाई अग्रता दिलाएका छन् । विमल राना मगरको पासलाई सदुपयोग गर्दै नवयुगले गोल गरेका हुन् ।


राष्ट्रिय टोलीका खेलाडीको साथ रहेको आर्मी सिजनको पहिलो उपाधिको खोजिमा छ । राष्ट्रिय लिगमा दोस्रो स्थान हात पारेको आर्मी, आहा रारा गोल्डकप र हेटौडा गोल्डकपको पनि उपविजेता हो । राष्ट्रिय टोलीका खेलाडीहरु भरत खवास, विकेश कुथु, नवयुग श्रेष्ठ र जितेन्द्र कार्की आर्मीको मुख्य खेलाडी हुन् ।

यस्तै, घरेलु मैदानमा सर्वाधिक पुरस्कार राशीको उपाधि जित्दै झापा ११ सिजनको सुखद अन्त्य गर्न चाहान्छ । झापाले इलामको माइभ्याली गोल्डकप जितेयता जारी सिजनका अन्य प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सकेको थिएन । विराट गोल्डकपमा भने झापाली टोली उपविजेतामै सिमित बनेको थियो । प्रतियोगितामा ह्याट्रिक सहित सर्वाधिक ७ गोल गरेका कर्ण लिम्बु झापाका मुख्य हतियार हुन् ।
आजको खेलको विजेताले उपाधिसंगै ६ लाख र उपविजेताले ३ लाख रुपैया प्राप्त गर्नेछ ।
radiokantipurdiary-

,

news and entertainment