१४० सन्तान देखेकी १०८ वर्षीय अजुतीको निधन

नवलपरासी – नवलपरासीमा १०८ वर्षीय वृद्ध अजुती चापागाईंको निधन भएको छ । देवचुली नगरपालीका, प्रगतिनगरमा हिजो (सोमबार) प्रगतिनगरस्थित आफ्नै निवासमा उनको निधन भएको हो । उनको सोमबार नै अन्त्येष्टि गरिएको छ ।


वि.सं. १९६५ मा जन्मिएर ९५ वर्ष पहाडी जिल्लामै आफ्नै जीवन बिताएकी चापागाईं पछिल्लो १३ वर्षदेखि तराईमा बस्दै आएकी थिइन् । २ छोरा (नरभुपाल चापागाई, दुर्गा प्रसाद चापागाई) र २ छोरी (लक्ष्मी चापागाई, खगिसर चापागाई)लाई जन्म दिएकी उनीसँग पछिल्लो समय कान्छा छोरा दुर्गा प्रसाद चापागाईसँगै बस्दै आएकी थिइन् ।

कान्छा छोरा दुर्गा प्रसाद पनि अहिले ६८ बर्ष पुगिसकेका छन् । उनको जेठाछोरा र छोरीको भने मृत्यु भइसकेको छ । पछिल्लो तीन बर्षदेखि घरकै खाटबाट लडेर सामान्य घाईते भएकी अजुती चापागाई हिँडडुल गर्न भने सक्थिन् । अजुतीले छोरा, नाती, पनाती गर्दै अहिलेसम्म १४० सन्तान देखेकी छन् । उनले जेठी छोरीतर्फ पाँच पुस्ता र छोरातर्फ ३ पुस्ता देखेको थिइन् ।
ratopati

,

news and entertainment