‘धुम ४’ मा सलमान खान भिलेन बन्ने !
एजेन्सी । बलिउड अभिनेता सलमान खान करियरकै उच्च फर्ममा चलिरहेका छन् । पछिल्लो ६ वर्ष उनका फिल्मले कमाइका हिसाबले एकपछि अर्को रेकर्ड राख्दै आएका छन् । आजसम्म सधै सकारात्मक भुमिकामा देखिदै आएका उनै सलमान पहिलो पटक पर्दामा भिलेनको रोलमा देखिने भएका छन् ।
यशराज व्यानरको सफल फिल्म धुमको नयाँ सिरिज ‘धुम ४’मा सलमान खानलाई लिने लगभग पक्का भएको भारतीय मिडियाले बताएका छन् । ‘धुम ४’ को अहिले कथा लेख्ने काम भैरहेको छ । धुमका सिरिजमा अहिलेसम्म जोन अबा्रहम, रितिक रोशन र आमिर खानले नेगेटीभ भुमिका निभाइसकेकाछन् ।
यशराज व्यानरकै फिल्म ‘सुल्तान’को सुटिङ सकिए लगत्तै फिल्मको आधाकारिक घोषणा गरिनेछ । सलमानलाई नेगेटिभ भुमिकाका लागि ‘रेस ३’मा पनि अफर गरिएको थियो । तर सलमाले ‘धुम ४’ मा खेल्ने संकेत दिएका छन् ।
purbelinews