रमै डाक्टर : मधुमेह भएकामा देखिने मृगौला रोगका प्रारम्भिक लक्षण के के हुन् ?

मृगौला रोगको कुनै पनि लक्षण हुँदैन । लक्षणको आधारमा उपचार गर्ने सोच भने धेरै ढीलो भैसकेको हुनसक्छ । मृगौला बिग्रेर फेल हुने अवस्थामा नपुगेसम्म कुनै लक्षण नै देखिँदैन । हामीले मेरो मधुमेह ठीक भएकोले मृगौैला पनि ठीक रहन्छ, लक्षण देखा परेपछि मात्र मृगौला जचाउँछु भन्ने सोच्ने हो भने पछि धेरै क्षति ब्यहोर्नु पर्ने हुन्छ । त्यसैले मधुमेह भएका बिरामीले बेलाबेला मृगौला परीक्षण गराइरहनु पर्छ ।


मधुमेहलाई नियन्त्रणमा राख्न सके मृगौलाका गम्भीर समस्याबाट बँच्न सकिन्छ । त्यसैले कम्तीमा पनि ६ महिनामा एकपटक रक्तचाप र पिसावमा अल्बुमिनको परीक्षण गराउनु पर्छ । चिकित्सकको सल्लाह अनुसार मात्र उच्च रक्तचापको सेवन गरेमा पनि मृगौला रोगको सम्भावना कम गर्न सकिन्छ । मधुमेहीले  नियमित शारीरिक व्यायाम र खानामा निकै ध्यान पु¥याउनु पर्छ । अर्को महत्वपूर्ण कुरा मधुमेहका बिरामीले धूमपान र मद्यपान गर्नै हुँदैन । स्वास्थ्य खबर बाट ।

news and entertainment