नेपालले चीनसँग सम्झौता गर्दा यसकारण डराएको रहेछ भारत
नयाँ दिल्ली, २७ चैत । चीन र भारतबीच करिब ७० अर्ब डलरको व्यापार सामुद्रिक रुटबाट भइरहेको छ । रेल्वेबाट नेपाल हुँदै हुने व्यापार महंगो हुन्छ । यसबाट चीन वा भारत दुवैलाई फाइदा नहुँदानहुँदै चीन रेल लिएर किन काठमाडौंदेखि लुम्बिनीसम्म आउन खोजेको छ ? भारत सशंकित छ ।
नेपाल र चीनबीच भएको पारवहन सम्झौता पनि खतराका रूपमा लिन्छन् सुरक्षा मामिला जानकारहरू ।
चिनियाँ भूमिबाट समुद्रसम्म पुग्दा नेपालले तेस्रो देश अथवा चीनबाट युद्धसामग्री, हतियार ल्याउन सहज भएको छ भन्ने उनीहरूको बुझाइ छ । नयाँ पत्रिकामा खबर छ ।
