मुस्लिम महिलाले हिन्दुको भजन गाउन थालेपछि...
धर्म परिवर्तनको विषयलाई लिएर धेरै ठाउँमा हिंसाका घटना घटेका छन् । एउटा धर्म मान्नेले अर्को धर्मको कडा आलोचना गर्ने परिपार्टी बढ्दै गएका बेला भारतको लालपुरमा भने धार्मिक सहिष्णुताको गतिलो उदाहरण फेला परेको छ ।
लालपुरको गौहरा गाउँमा मुस्लिम परिवारमा जन्मिएका चार सन्तानले हिन्दु भजन गाउनमा रमाउँछन् । उनीहरुको यो रहर र चाहनालाई गाउँबासीहरु गाउँको सहिष्णु भावना भन्ने गरेका छन् ।
एकै परिवारका चार छोरीहरुले मस्जिदको बन्धन तोड्दै देवी माताको भजनमा रमाउन थालेका छन् ।
उनीहरुले आफ्ना हिन्दु धर्मावलम्बी साथीहरुसँग मिलेर मातादेवीको मन्दिरमा गएर भजन गाएका हुन् ।
नवरात्रको पहिलो दिन गाउँका महिलाहरु गौहरा गाउँमा रहेको देवी माताको मन्दिरमा पूजा गर्न जाँदा सोही गाउँका नूर मोहम्दका छोरीहरु १६ वर्षकी नफीसा, तहसील खाँकी ८ वर्षकी छोरी तहसील, बसरुद्दीनकी छोरी ९ बर्षकी खुश्वु र जेनुद्दीनकी १० वर्षकी छोरी महक पनि माताको थानमा फूल चढाउन पुगेका थिए ।
उनीहरुले पनि हिन्दु नारीहरु सरह पूजा तथा पूजाको सामग्री चढाउनुका साथै पूजाआज गरेका थिए । उनीहरुले देवी माताको पूजा गर्दा आफूहरुलाई रमाइलो लाग्ने गरेको बताएका छन् ।
फरक फरक घरमा बस्ने बशीर खाँको परिवारमा पनि छोरीहरुले देवी माताको पूजा गरेकोमा कुनै गुनासो गरेका छैनन् ।
गाउँमा सबै मिलेर बस्दा अनि साथीहरुसँग मिलेर पूजाआज गर्दा नराम्रो मान्नुपर्ने कुनै विषय नरहेको बच्चिहरुका अभिभावहरुले बताउने गरेका छन् ।
उक्त गाउँमा धार्मिक सहिष्णुता कायम भएको छ । सबै मिलेर भजन गाउँदा अभिभावक पनि आनन्दित हुने गरेका छन् । जसले समाजमा सौहार्दताको वातावरण बनेको छ ।
annapurnapost
