काठमाडौं, २६ चैत– नेपालको राज्य बिभाजनलाई सहयोग पुर्याउनेगरी ब्रसेल्सबाट नेपालबारे Nepal’s Divisive New Constitution: An Existential Crisis अर्थात ‘नेपालको विभाजनकारी संविधानः अस्तित्वको संकट’ शिर्षकमा एक झुठो प्रतिबेदन सार्वजनिक भएको छ । ‘इन्टरनेसनल क्राइसिस ग्रुप’ले नेपालकाे बिखण्डनलार्इ सहयाेग पुग्ने गरी सुनियाेजित रूपमा साे रिपाेर्ट सार्जनिक गरेकाे छ । उसले प्रकाशन गरेकाे उक्त प्रितबेदनमा नेपालकाे सत्यता र तथ्हयरूलार्इ बङ्गाएर प्रस्तुथत गिरएकाे छ । क्राइसिस ग्रुपले तराईका जातीय समुदायलाई राज्य बिरुद्धको विप्लवमा उतार्न प्रतिवेदनमा झुठा तथ्यहरुलाई सार्वजनिक गरेको हो । नेपाललाई बिघटनको दिशामा लैजाने अस्त्रका रुपमा प्रयोग गरिएको मधेस आन्दोलन जनताकाे सहभागिता कम हुदै गएपछि केही समय अघि शिथिल भएकाे थियाे । साेही अान्दाेलन फेरि सुरु गर्ने भनिएको पूर्वसन्ध्यामा यस्तो प्रतिवेदन सार्वजनिक भएको हो । छिमेकी बिस्तारबादी भारतकाे अप्रत्यक्ष वा अघाेषित सहयाेगमा चलेकाे मधेस अान्दाेलन फेरी चर्काउने बहस र बिबाद भइरहेका बेला प्रकाशित याे रिपाेर्टलार्इ महत्वका साथ हेरिएकाे छ ।
इयुसँगकाे संयुक्त बिज्ञप्ती निकालेर नेपालकाे संविधानलार्इ अपूर्ण भनेकाे भारत नेपाली काे चर्काे बिराेधपछि इयु सम्बद्द सबै राष्ट्र र इयु कै प्रतिनिधिले नेपालकाे साथ सहयाेग र संविधानकाे स्वागत यथावत रहेकाे जानकारी गराएपछि भारत केही समय यता अन्तर्राष्ट्रिय जगतमा एक्लिदै गएकाेछ । याे रिपाेर्टमा पनि भारत कै चलखेल भएकाे हुन सक्ने नेपाली राजनीतिक बिश्लेषकहरूकाे भनार्इ छ ।
क्रमशः शान्त हुँदै गएको मधेस आन्दोलनलाई पुनः उचालेर नेपाललाई विघटनको दिशातिर धकेल्ने नियत राखेको प्रतिबेदनमा फेला परेका गलत तथ्यहरुले स्पष्ट हुन्छ । प्रतिवेदनले मधेसी र थारु समुदायलाई राज्यविरुद्ध उत्रिन तथ्य/तथ्यांकहरूलाई आफूखुसी व्याख्या गर्ने, अज्ञात व्यक्तीको हवला दिएर नेपाल राज्यविरुद्धका अभिव्यक्तिलाई प्रोत्साहन गर्ने, तथ्यलाई बंग्याउने र झुटो तथ्य पेश गर्नेसम्म गरेको छ ।
nepalnewslive
नेपाल टुक्र्याउन ब्रसेल्समा यस्तो प्रतिबेदन सार्वजनिक (पूरा रिपाेर्ट सहित)
news and entertainment
