भारतको केरल मन्दिरमा भएको आगलागीमा मर्नेको संख्या ११२ पुग्यो, ४०० बढी घाइते

केरल, २९ चैत, भारतको केरलस्थित काली मन्दिरमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ११२ पुगेको छ । दुर्घटनामा ४०० घाइते भएका छन् । आइतबार बिहान ३ बजे भएको सो दुर्घटनामा घाइते भएकामध्ये अधिकांशको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।
झण्डै १५ हजारको संख्यामा दर्शनार्थी रहेका अवस्थामा अचानक विष्फोट हुँदा आगलागी भएको थियो । छानविन भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।
-aajakokhabar

news and entertainment