मान्छे कुटेरै भए पनि सरकारले प्रसारण लाइन बनाउने भयो
काठमाण्डु, २९ चैत– सरकारले अन्ततः खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनको दसवटा टावर गाड्न सुरक्षाफौज परिचालन गरेको छ । सिन्धुली सदरमुकाम नजिक ठूलीटार र माझीटारमा एक दशकदेखि स्थानीय अवरोधका काराण यो प्रसारण लाइन पूरा हुन सकेको थिएन ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लले दुई साताअघि उपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदारको संयोजकतत्वका बसेको फास्ट ट्रयाक बैठकले उक्त प्रसारण लाइनको अवरोध हटाउन सुरक्षाफौज परिचलान गर्ने निर्णय गरेको बताए । अन्नपूर्ण पोस्टबाट
