नयाँ शक्ति द्धारा भ्रष्टाचार अन्त्यको माग
काठमाडौँ, नयाँ शक्ति नेपालले मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्नुपर्ने माग गर्दै धर्ना दिएको छ । कालोबजारी र महँगीको अन्त्य गर्दै भूकम्पपछिको पुनःनिर्माणलाई जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गर्दै भद्रकाली मन्दिर नजिकै आज बिहान दुई घन्टा धर्ना दिइएको हो ।
धर्नालाई सम्बोधन गर्दै नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले मुलुकमा भ्रष्ट्राचार मौलाउँदै गएको तर सरकार र प्रतिपक्ष मौन रहेको आरोप लगाउनुभयो । रासस
News24Nepal
