थाईल्याण्डको ३९ हजार फिट माथि गरीएको फिल्म फेयरमा आर्यन र नम्रता उत्कृष्ट

‘राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड’ थाईल्याण्डको ३९ हजार फिट उचाईमा सम्पन्न भएको छ । बक्स अफिसका अध्यक्ष आर के सुबेदीका अनुसार बिश्वमा नै यति धेरै उचाईमा अवार्ड गरेर गीनीज बुक अफ द वल्र्ड रेकर्डमा राख्ने प्रक्रिया सुरु गरीएको बताएका छन् । ‘राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड’ कार्यक्रममा फिल्मकर्मी,कलाकार र पत्रकारहरु सहित ५५ जना उपस्थित थिए ।


‘राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड’का बिभिन्न बिधामा फिल्मकर्मीहरुलाई पुरस्किृत तथा अवार्ड प्रदान गरीएको छ । उत्कृष्ट फिल्मको रुपमा फिल्म नोभेम्बर रेन ठहरीएको छ । त्यस्तै नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठले नोभेम्बर फिल्मबाट नै उत्कृष्ट अभिनेता र अभिनेत्रिको अवार्ड जितेका छन् । सोही फिल्मबाट उत्कृष्ट निर्देशकको रुपमा दिनेश राउतले अवार्ड जितेका छन् । ३१ बिधामा प्रदान गरीएको अवार्डमा फिल्म नोभेम्बर रेनले ६ बिधामा उत्कृष्ट अवार्ड हात पारेको छ ।

स्वर्गीय अभिनेता श्री कृष्ण श्रेष्ठले पपुलर प्रोड्युसरको बिधामा अवार्ड जितेका छन् । स्वर्गीय अभिनेता श्री कृष्ण श्रेष्ठको अवार्डलाई श्रीमती श्वेता खड्काले ग्रहन गरीन् । निर्देशक आकाश अधिकारी र संगीतकार सम्भुजित बास्कोटाले पनि यसै बिधामा अवार्ड जिते । ‘राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड’ कार्यक्रममा सहभागी हुनका लागि नायिका स्वेता खड्का, नायक आर्यन सिग्देल,निर्देशक आकाश अधिकारी,संगीतकार सम्भुजित बास्कोटा,नायक प्रदिप खड्का, निर्माता सन्तोष सेन,लगाएतका टोली थाईल्याण्ड पुगेका थिए ।

‘राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड’बिजेताहरुको नामावली यस प्रकार छ ।
१. सर्बोत्कृष्ट फिल्म(नोभेम्बरे रेन
२. सर्बोत्कृष्ट अभिनेत्री नम्रता श्रेष्ठ(नोभेम्बर रेन
3.घ।सर्बोत्कृष्ट अभिनेता(नोभेम्बर रेन
4.सर्बोत्कृष्ट कलर करेक्सन(फिटकिरी
5.सर्बोत्कृष्ट ड्रेस डिजाईनर(उत्तम बनेपाली(कोहिनुर
6.सर्बोत्कृष्ट मिक्सिङ(उत्तम न्यौपाने(मुखौटा
7.सर्बोत्कृष्ट मेकअप(श्याम लामा(झिग्रना
8.सर्बोत्कृष्ट ब्याकराउण्ड म्युजिक(एलिस कार्की(कोहिनुर
9.सर्बोत्कृष्ट ईडिटर(अर्जुन जिसी(नाई नभन्नु ल ३
10.सर्बोत्कृष्ट छाँयाकार( पुरुषोतम प्रधान(फिटिकिरी
11.सर्बोत्कृष्ट संबाद(रामबहादुर गुरुङ,उपेन्द्र सुब्बा(कबड्डी
12.सर्बोत्कृष्ट पटकथा(छेतेन गुरुङ(नोभेम्बर रेन
13.सर्बोत्कृष्ट कथा(लय संग्रौला(लोग्ने मान्छे
14.सर्बोत्कृष्ट दन्द(चन्द्र पन्त(हवल्दार सुन्तली
15.सर्बोत्कृष्ट नृत्य निर्देशन(कबिराज गहतराज(नाई नभन्नु ल ३
16.सर्बोत्कृष्ट पार्श्व गायिका(माण्डबी त्रिपाठी(लज्जा(मात लाग्यो
17.सर्बोत्कृष्ट पार्श्व गायक(युबराज चौलागाँई(नोभेम्बर रेन(तिमिलाई
18.सर्बोत्कृष्ट गीतकार(अर्जुन पोख्रेल(स्टुपिड मन
19.सर्बोत्कृष्ट संगीतकार(अर्जुन पोख्रेल(स्टुपिड मन
20.सर्बोत्कृष्ट बाल कलाकार(संगम बिष्ट(लभ यु बाबा
21.सर्बोत्कृष्ट अभिनेता ९कमेडी० जय किशन बस्नेत(कान्छि मट्याङ ट्याङ
22.सर्बोत्कृष्ट खलपात्र(ध्रुब कोईराला(हवल्दार सुन्तली
23.सर्बोत्कृष्ट चरित्र अभिनेता(रबिन्द्र खड्का(आभाष
24.सर्बोत्कृष्ट चरित्र अभिनेत्री(सुर्य माला खनाल(सुन्तली
25.सर्बोत्कृष्ट नबप्रबेशी अभिनेत्री(शिल्पा पोख्रेल(लज्जा
26.सर्बोत्कृष्ट नबप्रबेश अभिनेता(प्रदिप खड्का(ईस्केप
27.सर्बोत्कृष्ट सहायक अभिनेत्री(चुल्ठिम गुरुङ(नोभेम्बर रेन
28.सर्बोत्कृष्ट सहायक अभिनेता(सबिन श्रेष्ठ(हवल्दार सुन्तली
29.सर्बोत्कृष्ट नबप्रबेशी निर्देशक(सज्जन श्रेष्ठ(पुनर्जन्म
30.सर्बोत्कृष्ट निर्देशक(दिनेश राउत(नोभेम्बर रेन
31.सर्बोत्कृष्ट एनिमेशन(अक्की शर्मा(माला
३९ हजार फिटमा अवार्ड वितरण गरेपछि थाइल्याण्डको पतैयास्थित आइसल्याण्डमा पनि २०७२ मा प्रदर्शनमा आएर सर्वाधिक कमाई गरेका चलचित्रलाई अवार्ड दिइयो । आइसल्याण्डमा अवार्ड गरेर पनि विश्व किर्तिमान राख्ने प्रक्रिया थालिएको आर के सुवेदीको भनाई छ ।News24Nepal

,

news and entertainment