ओली सरकारले गर्यो भारतलाई टक्कर दिने अर्काे कडा निर्णय
काठमाडौं, १४ वैशाख । केपी शर्मा ओली नेतृत्वको सरकारले भारतलाई टक्कर दिँदै तीन जना भारतीयको नागरिकता खारेज गरेको छ ।
भारतले मधेसीका माग पुरा गर्न दबाब दिँदै आइरहेको बेला किर्तेगरी नेपाली नागरिकता लिएका तीनै जनाको नागरिकता खारेज गरिएको हो ।
रुपन्देहीबाट नागरिकता लिएका उनीहरुले झुटो विवरण पेस गरेको पाइएपछि स्थानीय प्रशासनले खारेजीका लागि मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो ।
dainiknepal
