श्रीमतीलाई खुसी पार्न मन्त्रीले घुस लिएको खुलासा! भ्रष्टाचार पनि गरे
इण्डोनेशियाका मन्त्री लुकमान हकीम सैफुद्दीन ।
एजेन्सी । घुस र भ्रष्टाचारमा मन्त्रीदेखि कर्मचारीसम्मको संलग्नता रहेको कुरा विभिन्न समयमा भएका घटनाले देखाउँछ ।
विशेषगरी घुससहित समातिएको र भ्रष्टाचार गरेको अभियोगमा अदालतबाट दोषी ठहरिएपछि मन्त्री नै घुस खान पल्किएको र भ्रष्टाचार गर्दै पुष्टि हुन्छ । तर, यसको कारणबारे कमैले मात्र खोजी गर्छन् । नेपालमा पनि यस्ता घटना भइरहेका छन् ।
शासनदेखि प्रशासनसम्म भ्रष्टाचारको समस्यासँग झुधिरहेको इण्डोनेसियामा मन्त्रीहरुदेखि न्यायाधीहरुसम्मले घुस लिएको अभियोगमा जेल सजायँ काटिसकेका छन् भने केही जेलमै छन् ।
समाचार अनुसार इण्डोनेसियाका धार्मिक मामिला मन्त्री लुकमान हकीम सैफुद्दीनले श्रीमतीको लालचलाई भ्रष्टाचारको कारण भनेका छन् ।
उनले भनेका छन्- ‘श्रीमतीको तमाम चाहना पुरा गर्नका लागि मानिसहरु यो सब गर्छन् । उनीहरुलाई महंगो डिजाईनर कपडा र ज्वलरी चाहियो, जसलाई पुरा गर्न भ्रष्टाचार गर्नुपर्छ । तलबले पुग्दैन, जसका कारण भ्रष्टाचार बढ्यो । परिवारका सदस्यहरुको डिमाण्ड नै यसको कारक तत्व हो ।’ महिलाले चाँहेको असामान्य उपहारको डिमाण्ड नगरेमा राम्रो हुनेछ र भ्रष्टार रोक्न सहयोग पुग्ने उनको भनाई थियो ।
मन्त्रीको यस्तो विवादित वयानपछि महिला अधिकारकर्मीले विरोध जनाएका छन् । उनीहरुले महिलालाई मात्रै दोषी देख्न नहुने सुझाव दिएका छन् । संसारका १६८ देशमा इण्डोनेसिया भ्रष्टाचारको सूचीमा ८८ नम्बरमा रहेको छ ।
dainiknepal
