काठमाडौं, १५ वैशाख - नेपाली सेनामा २२ सय भन्दा बढी पदमा भर्ना खुलेको छ।
बुधबार एक सूचना जारी गर्दै सेनाको भर्ना छनौट निर्देशनालयले विभिन्न पदहरुमा खुला दरखास्त आह्वान गरेको छ। सेनाले सैन्य जवान, ड्राइभर, फलोवर्स लेखा जमल्दार लगायतको २ हजार २ सय १४ पदमा दरखास्त मागेको हो। जंगी अड्डा अन्तरगत मात्र विभिन्न ४ सय ४२ पदमा दरखास्त आह्वान गरिएको छ।
विभिन्न पदका लागि छुट्टा-छुटै योग्यताहरु निर्धारण गरिएका छन्। सेनाले सैन्य जवान पदनमा १५७५ जना माग गरेको छ । यस्तै अमल्दार बन्दोबस्ती कार्य सिपाही, कुचिकार, ड्राइभर, लोहार, धोबी, केशकर्तक, वेटर, टहलुवा, चर्मकर्मी, सिकर्मी, सयस लगायत पदमा पनि सेनामा जागिर खुलेको छ।
यी पदमाहरु आवदेन दिन जेठ १३ गतेसम्मको सीमा दिइएको छ। सैन्य जवानका लागि कक्षा ८ पास अनिवार्य गरिएको छ भने अन्य विभिन्न सीपमूलक पदहरुमा सामान्य लेखपढ गर्न जान्नेले पनि आवेदन दिन सक्नेछन्।
dcnepal
सेनामा २२ सय पदमा जागिर खुल्यो, सिपाहीदेखि ड्राइभरसम्म माग
news and entertainment