सरकार राजेन्द्र महतोको नागरिकता कहिले खारेज हुन्छ ?

१० बर्षे जनयुद्ध र १० बर्षे राजनीतिक अस्थिरताले गर्दा २० बर्षको अवधिमा विश्वका कतिपय देशहरू कहाँबाट कहाँ पुगे पनि नेपाल जहाँको त्यहीँ रहेको छ । नेपालसंग पर्याप्त स्रोत र साधन भए पनि त्यसलाई प्रयोगमा ल्याउने क्षमतावान नेतृत्वको खडेरी परिरहेको अबस्थामा नेपाली जनताको आषा र भरोसाको रूपमा नेकपा(एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उभिएका छन् ।
सामान्य नागरिकहरूको सुराकीको आधारमा नागरिकता छानविन गरि रद्ध गर्ने राष्ट्रवादी मन्त्रिपरिषद्लाई मेरो चुनौती छ, सक्छौं र राष्ट्रवादी बन्नु छ भने राजेन्द्र महतोका विभिन्न तथ्यका आधारमा उनको बंशजको आधारमा बनेको नेपाली नागरिकता खारेज गर । र अङ्गीकृत नागरिकता दे ।

नेपाली जनताको युगान्तिक सपना संविधान सभाबाट संविधान बनाएकै भरमा भारतले आफ्ना नेपालमा निर्यात भएका केही ब्यक्तिलाई प्रयोग गरि नेपालको तराईका सामन्ती, शोषक, भु-माफियाहरूलाई साथमा लिएर कथित मधेस आन्दोलन गरेर नेपालको सार्वभौम अधिकार माथि प्रहार गरेको होस् या जेनेभा सन्धिको मुल्य मान्यता विपरित नेपालको आन्तरिक स्वतन्त्रतामाथि प्रहार गरि नाकबन्दीद्वारा नेपालसंग अघोषित युद्धको घोषणा गरि भूकम्पद्वारा थिलथिलो भएका नेपाली जनता माथि छिमेकीमाथि भारतले लगाएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन् ।
भारत सके नेपाललाई बाबुराम, राजेन्द्र, उपेन्द्र लगायत नेपाली कांग्रेसलाई तेण्डुप दोर्जे बनाएर सिक्किमिकरण गर्न चाहन्छ भने नसकेको खण्डमा आफ्ना आयतित अङ्गीकृत नेपाली नागरिक लाई प्रयोग गरि भुटानीकरण गर्न चाहान्थ्यो । यस्ता भारतका सुनियोजित षड्यन्त्रलाई पर्दाफास गरि नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डतासंगै भुपरिवेष्ठित राष्ट्रले पाउने स्वतन्त्र पारवाहन अधिकारका निम्ति एमालेले लिएको अडान नेपाली जनताको गौरव भएकोले नेपाली जनताले राष्ट्रिय तथा विदेशी दलालका षड्यन्त्र चिर्दै अनेक प्रकारका अभाव र दुःख झेल्दै प्रधानमन्त्रीलाई साथ दिइरहेका छन् । यतिबेला मुलुकमा सबै प्रतिष्ठित ब्यक्ति र राजनीतिक दलको असली रूप बजारमा छरपष्ट भइसकेको अबस्थामा नेकपा (एमाले)को राष्ट्र र राष्ट्रियता प्रतिको इमान्दारीताले गर्दा नै आज प्रधानमन्त्री ओली राष्ट्रवादी नेताको रूपमा स्थापित भइसकेका छन् ।
कथित तराई आन्दोलन हुँदै गर्दा भारतीय गृहमन्त्रीले एक विज्ञप्ति निकालेरै नेपालमा एक करोड भारतीय नागरिक नेपाली नागरिकता लिएर बसेका हुनाले तिनको सुरक्षाका लागि भारतीय सरकार गम्भीर रहेको भनेका थिए । यो अबस्थामा शासकको राष्ट्रवादी लुकामारी गर्दै हुनुपर्छ नत्र भने यो विषयमा प्रधानमन्त्रीले भारत भ्रमणमा यो कुरा राख्नुपर्थ्यो ।
हालै झुटो विवरण पेश गरेर रुपन्देहीबाट नेपाली नागरिकता लिने ३ जना भारतीय नागरिकको नागरिकता खारेज गर्ने मन्त्रिपरिषदको निर्णय यदि सुरुवाती र सांकेतिक हो भने यो नेपाललाई फिजीकरण गर्ने लामो डिजाईनमाथिको प्रत्याक्रमण हो । यो हदसम्मको आँट गर्ने सरकार साँच्चो अर्थमा देशप्रेमी हो ।
नागरिकता खारेज गरिएका भारतीय नागरिकहरु महेन्द्रकुमार मिश्र, अनिलकुमार मिश्र र सतिशकुमार मिश्रले जुन प्रयोजनका लागि नेपाली नागरिकता लिएको भए पनि उनीहरु नेपाली थिएनन् र तिनलाई उनीहरुको असली औकातामा राखिदिएको छ सरकारले । जे नहुनुपर्ने भएको थियो, त्यो खारेज भाको छ र जे हुनुपर्ने थियो सोही भाको छ । हत्तपत्त ओली सरकारका निर्णय सकारात्मक नदेख्ने आँखाहरुका लागि यो एउटा पाठ बन्न सकोस् ।
नेपालमा करिब–करिब २५ वर्षदेखि राजनीति गरिरहेका र पटक–पटक मन्त्रीसमेत भएका महतोको नागरिकता विवादमा तानिन्छ तर सरोकार वाला पक्ष संधै चुप रहन्छ किन ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत हात हालेर बिचबाट हात धोयो किन ?
२०६८ सालमा अख्तियारको पत्र आएपछि गृहमन्त्रालयले सर्लाही जिल्ला प्रशासन कार्यालयसित राजेन्द्र महतोको नागरिकता सम्बन्धी विवरण माग्दै पत्रसमेत लेखेको थियो, जतिबेला महतो बहालवाला मन्त्री थिए ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारीले ०६९, जेठ २९ मा गृह मन्त्रालय, नागरिकता तथा हातहतियार शाखा, सिंहदरवारलाई पत्रको जवाफ पठाए । प्रजिअले महतोको नागरिकतासम्वन्धी छानविन गर्नका लागि हाल कुनै अभिलेख फेला नपरेको र मन्त्रिपरिषदको सदस्यलाई सिडिओ कार्यालयमा बोलाई छानविन गर्न बाधा परेको जवाफ दिएर अहिलेसम्म सम्बन्धित निकाय मौन रहेको छ ।
हालै गृहमन्त्री शक्ति बस्नेतलाई ज्ञापनपत्र बुझाएको युवा संघले ०६८ सालमा पनि महतोको नागरिकताका विषयमा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । सोही साल महतोको नागरिकताबारे अख्तियारमा समेत उजुरी परेको थियो । राजेन्द्र महतोका बुबा खोभारी सुडी भारतीय नागरिक थिए (सुँडीहरुले आजकाल महतो वा साह लेख्ने गरेका छन, यो जातिको बसोबास नेपालमा समेत छ) ।
सर्लाहीको सदरमुकाम मलंगवासित सीमा जोडिएको भारतीय जिल्ला सीतामढीको कोहवरवा गाउँमा महतोको घर अहिले पनि छ । यो गाउँ नेपाल–भारत सीमाबाट १५ किलोमिटर दुरीमा पर्छ । महतोका पिता खोभारी व्यापार गर्न ०२० सालतिर नेपाल आएका हुन् । सर्लाहीको बयलवासमा उनी धान(चामलको व्यापार गर्थे । भारतमा छँदा गतिलो बन्दोबस्त नभएका खोभारी नेपालमा व्यापार गरेर आर्थिक अवस्था उकास्न सफल भए । त्यसपछि सर्लाहीको ब्रम्हपुरी गाविसमा घर बनाएर यतै बस्न थालेका हुन् ।
महतोको ससुराली पनि भारतमै हो । कोहबरवासँगै जोडिएको मरिया भन्ने गाउँमा बस्ने नागेश्वर महता र दौलतियादेवी महतोकी छोरी शैलकुमारी देवीलाई राजेन्द्रले बिहे गरेका हुन् । शैलकुमारी हाल समानुपातिकबाट संविधानसभा सदस्य भएर बसेकी छिन ।
राजेन्द्र महतोले ०२७र०२८ को बीचमा नेपाली नागरिकता लिएका थिए । महतोका पिता नेपाल आएको केही वर्षमै बाबुछोराले नागरिकता लिएको देखिन्छ । उनलाई नागरिकता दिलाउन सर्लाहीका तत्कालीन जिल्ला विकास समितिका सभापति अमरबहादुर थापा र तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाको ठूलो भूमिका थियो ।
राजेन्द्र महतो ०२१ सालतिर पढ्ने सिलसिलामा काठमाडौं आए । ताहचल क्याम्पसमा बसेर पढ्दा उनको आर्थिक स्थिति सामान्य थियो । उनी पढाइसँगै सानातिना व्यापारहरु पनि गर्थे । केही समय गार्मेन्ट कारखानामा मजदुरि गरेका उनी बिस्तारै ठेकेदारीको रूपमा काम गर्न थाले । घरमा रंग लगाउनेदेखि विभिन्न कार्यालयहरुमा स्टेशनरी सामानहरु सप्लाई गर्नेसम्मका काम गरेका एउटा सामान्य ब्यक्ति आज नाकाबन्दी गर्न सक्ने हुनुभित्र ठूलो रहस्य लुकेको छ ।
पछि त्रिभुवन विमानस्थलको फोहोर उठाउने ठेक्का हात पारेपछि महतोले राम्रै पैसा कमाएका थिए । उनले संविधान सभाको निर्वाचनमा हारे लगत्तै सर्ला्हिमा ८० लाख मुल्यको घर किनेर आफन्तको नाममा पास गरेका थियो भने उनको काठमाडौँ स्थित भिमसेनगोलामा बङ्गला र काठमाडौँ लगायत तराईका विभिन्न ठाउँमा प्रसस्त जग्गा जमिन रहेको तथ्य हुँदाहुँदै प्रतिशोधको आधारमा अनुसन्धान गर्ने अख्तियार गुपचुप रहेको छ ।
सामान्य नागरिकहरूको सुराकीको आधारमा नागरिकता छानविन गरि रद्ध गर्ने राष्ट्रवादी मन्त्रिपरिषद्लाई मेरो चुनौती छ, सक्छौं र राष्ट्रवादी बन्नु छ भने राजेन्द्र महतोका विभिन्न तथ्यसहित युवा संघले दिएको उजुरीका आधारमा उनको बंशजको आधारमा बनेको नेपाली नागरिकता खारेज गर । अङ्गीकृत नागरिकता दे !
dainiknepal

,

news and entertainment