१४ वर्षमुनिको महिला फुटबलमा नेपाल आज बंगलादेशसंग भिड्दै
ताजकिस्तानमा भइरहेको १४ वर्षमुनिको दक्षिण तथा मध्यक्षेत्रीय महिला फुटबलमा नेपालले आज दोस्रो खेलमा बङगलादेशसंग खेल्देछ ।
यी दुई को खेल पौने दुई बजे सुरु हुनेछ । नेपाल यस अघि अण्डर १९ को दक्षिण एशियाली फुटबलको फाइनलमा बंगलादेशसँग १–० ले हारेको हारको बदला लिने मौका आज पाउने छ । दुसाम्बेस्थित एभियटर स्टेडियममा यस अघि हिजो भएको खेलमा भारत सामु लज्जास्पद हार व्यहोरेको थियो ।
एभियटर स्टेडियममा बुधबार भएको खेलमा भारतसँग नेपाल शुन्यका विरुद्ध नौ गोलले पराजित भएको हो । भारत प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । सात देश सहभागी रहेको प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । नेपाल रहेको समूहमा भारतसँगै गत वर्षको विजेता बंगलादेश पनि छ । यस्तै समूह ‘ए’ मा ताजकिस्तान, इरान, कीर्गिस्तान र भूटान छन् ।
लिगकम नकआउटका आधारमा हुने खेलमा प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।
News24Nepal