चीनले रसुवामा बनाउने बन्दरगाहको विरोध, गाउँ नै विस्थापित हुने खतरा


धुन्चे, १४ वैशाख । रसुवाको टिमुरे गाविसमा चीनद्धारा निर्माण हुने भनिएको सुख्खा बन्दरगाहको स्थानीयबासीले विरोध गरेका छन् ।

स्थानीय जनतासँग पर्याप्त छलफल नगरी तथा जग्गाको मुअब्जा वितरण नगरी जग्गा अधिकरण गर्न खोजेको र सुकुम्बासी बनाउन खोजेको आरोप लगाउँदै स्थानीयबासी विरोधमा उत्रिएका हुन् ।

सीमा सँगै रहेको उक्त गाउँ सानो तथा भौगोलिक विकटता रहेको छ । सरकारी जग्गा नै पर्याप्त हुँदाहुँदै स्थानीयको जग्गा अधिकरण गर्न खोजेकामा स्थानीय रुष्ट छन् । टिमुरेका स्थानीय कृष्ण कुमार तामाङ भन्छन्- ‘हामीहरु विकासको बिरोधी नभई सरकारकै पर्याप्त जग्गा हुँदा पनि उपयोगमा नआएकाले बिरोधमा उत्रिएका हौं ।’

कुल ६ हजार ९ सय वर्गमिटरमा बन्न लागेको सो बन्दरगाहका लागि चीनले एकीकृत जाँच चौकी, सवारी पार्किङ स्थल, सामान भण्डार गृह, बाढी नियन्त्रणका लागि दुवैतर्फ पर्खाल लगाइदिनुका साथै सामान जाँच गर्ने उपकरण उपलब्ध गराउने भएको छ ।
dainiknepal

,

news and entertainment