क्याम्ब्रिज इन्स्टिच्युटबाट भारत गएका १० विद्यार्थीहरू द्वारा विभिन्न कलेज बोर्ड टप

बिर्तामोड / झापाको बिर्तामोडस्थित क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीबाट उच्च शिक्षा अध्ययनका लागि भारतको बैङलोर गएका १० जना विद्यार्थीहरु बैङ्लोरका विभिन्न कलेजबाट बोर्ड टप भएका छन् ।  एसएलसी उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्न भारतको बैङलोर गएका बोर्ड टप १० जना विद्यार्थीहरुलाई कलेजले छात्रवृत्ति र गोल्ड मेडल सहित पुरस्कृत गरेको क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रबन्ध निर्देशक शिशिर सिंखडाले बताए । गत २०७१ सालको एसएलसी उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्न भारतको बैङलोरस्थित डाक्टर श्री श्री श्री शिवकुमार महास्वामी इञ्जिनियरिङ कलेजमा अध्ययनरत् झापा सुरुङ्गाका प्रभु गिरी डिप्लोमा इन कम्प्युटर साइन्स इञ्जिनियरिङमा ९१ प्रतिशत अङ्क ल्याएर बोर्ड टप भएका थिए ।



उनलाई कलेजले प्रोत्साहन स्वरुप रु. ५० हजारको छात्रवृत्ति र गोल्ड मेडल समेत प्रदान गरेको थियो । त्यस्तै सोही कलेजमा अध्ययनरत् मोरङ, विराटचोककी स्पार्कल पुरीले डिप्लोमा इन कम्प्युटर साइन्स इञ्जिनियरिङमा ९० प्रतिशत अङ्क ल्याएर बोर्ड सेकेण्ड भएर गोल्ड मेडल प्राप्त गरेकी थिइन् । त्यस्तै सोही कलेजमा अध्ययनरत मोरङ, विराटचोकका गणेश पौडेल डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङमा कलेज टपर, झापा दमकका आभास शाह डिप्लोमा इन सिभिल इञ्जिनियरिङको म्याथ विषयमा सयमा सय प्रतिशत अङ्क ल्याएर गोल्ड मेडल प्राप्त गरेका थिए ।

त्यसैगरी सोही कलेजमा अध्ययनरत झापा दमककै एलोजराज खरेलले डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङमा सयमा सय प्रतिशत अङ्क ल्याउँदै गोल्ड मेडल पाएका गरेका छन् । त्यसैगरी बैङलौरकै एम.एस रमैया हर्षा हस्पिटलमा अध्ययनरत् झापा बिर्तामोडकी अल्का उप्रेतीले डिप्लोमा इन मेडिकल एक्स–रे टेक्नोलोजीमा ७५ प्रतिशत अङ्क ल्याएर कलेज टपर हुँदै गोल्ड मेडल प्राप्त गरेकी थिइन् । त्यसैगरी सोही कलेजमा अध्ययनरत झापा सुरुङ्गाकी पुजा खड्काले डिप्लोमा इन अप्रेशन थिएटर टेक्नोलोजिमा ७३ प्रतिशत अङ्क ल्याएर सेकेण्ड बोर्ड टपर हुँदै गोल्ड मेडल प्राप्त गरेकी थिइन् ।

त्यसैगरी बीरगञ्जका जयनुदिन अन्सारी डिप्लोमा इन मेडिकल ल्याब्रोटरी टेक्नोलोजी विषयमा ७३ प्रतिशत अङ्क ल्याउँदै सेकेण्ड बोर्ड टपर भएर गोल्ड मेडल प्राप्त गरेका थिए । त्यसैगरी +२ अध्ययन गरी बैङलोरको हिन्दुस्तान एभिएशन एकेडेमीमा अध्ययनरत झापा चन्द्रगढीका मुकेश प्याकुरेलले बि.बि.ए. विथ एभिएशन विषयमा ८३ प्रतिशत अङ्क ल्याएर कलेज टपर हुँदै गोल्ड मेडल प्राप्त गरेका थिए । त्यस्तै गत वर्ष एसएलसी उत्तीर्ण गरेर बैङलोरको अशोका पोलिटेक्निकमा अध्ययनरत् झापा बिर्ता बजारका चेतन राउतले कम्प्युटर साइन्स इञ्जिनियरिङमा बोर्ड टप, झापा बुधबारेका विकास राय बोर्ड सेकेण्ड, इलामका विकास दुलाल बोर्ड थर्ड भएका थिए ।

विगत सात वर्षदेखि एसएलसी र +२ उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्न भारत बैङलोरका विभिन्न कलेज तथा युनिभर्सिटीहरुमा विद्यार्थी अध्ययन गर्न पठाउँदै आएको क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले शैक्षिक मेला मार्फत् विद्यार्थीहरुलाई उचित परामर्श दिएर विद्यार्थी पठाउँदै आएको क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीकी सह प्रबन्ध निर्देशक सिम्रन सिंखडाले जानकारी दिइन् । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको क्याम्ब्रिजको इलाम, दमक, इटहरी, धरान, विराटचोक र काठमाडौंमा शाखा कार्यालयहरु रहेको बताइएको छ । गुणस्तरीय प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मूल नाराका साथ विद्यार्थीहरुलाई प्राविधिक शिक्षा अध्ययन गर्न परामर्श प्रदान गर्दै आएको क्याम्ब्रिजले विद्यार्थीहरुको सुविधालाई ध्यानमा राख्दै देशका विभिन्न ठाउँमा शैक्षिक मेला गर्दै आएको बताइएको छ ।
purbelinews

,

news and entertainment