कतिपयको भनाइ छ कि सिन्दूर–पोतेमा महिलाहरू आकर्षक देखिँदैनन् तर यो भनाइ गलत हो । विवाहित महिलाहरू त्यतिबेला सुन्दर देखिन्छन् जतिबेला उनीहरू सिन्दूर, चुरा, पोतेमा सजिन्छन् । यि चिज हिन्दू विवाहित नारीको गहना हुन् ।
अनु भण्डारी
अहिलेकाहरू बुझ्ने भैसके । सम्बन्ध चोखो हुन मन चाहिन्छ, सिन्दूर–पोते होइन । रहर हुनेले लगाउँछन् नलाउने नै त होइन ।
आशोक थुलुङ
बच्चाको आमा भए पनि नभएजस्तो देखिन चाहन्छन् । सुन्दरता घट्ने डरले स्तनपान गराउन त हिचकिचाउँछन् भने सिन्दूर–पोतेको त कुरै छोडौं ।
पुनरदीप राई
यो पाश्चात्य संस्कृतिको सिको हो । पाश्चात्य जगत्काले हाम्रो संस्कृति मन पराएका छन् तर हाम्राहरूचाहिँ उन्मुक्त भएर हिँड्न चाहन्छन् ।
श्रीकान्त बराल
महादेवले नि बुझ्न नसकेका नारीलाई हाम्ले कसरी बुझ्नु ? सिन्दूर–पोते लगाउँदा बन्धनमा बसेजस्तो लाग्छ होला । आजकालका नारी परे, स्वतन्त्रता चाहने ।
प्रज्वलदीप न्यौपाने
बिहान–बिहान विभिन्न धर्मको विज्ञापन गर्दै हिन्दूहरूको ढोका ढकढक्याउनेहरूले किन लगाउनु पर्यो चुरा–पोते ?
पार्वती पाण्डे
सिन्दूर–पोते अचेल सस्तो भयो, जमानाअनुसार चल्नुपर्यो ।
विमल युवा
नैतिक शिक्षाको अभावले ।
दिनेश राउत
सिन्दूर पोते–महँगो हँुदै गएकाले ।
लाल किराँती
म त भन्छु यो विकृति हो । विवाहको गहना भनेकै सिन्दूर हो । नेपालमा विदेशी संस्कार भित्रिएको छ ।
आदित्य
अरु कसैसँग पोइल जान पाइँदैन भनेर ।
कुमार तामाङ
समानताका लागि ।
रविन जबेगु
हामीजस्ता प्ले व्वाइसँग सम्बन्ध जोड्न कतिपय महिला सिन्दूर–पोते लगाउँदैनन् ।
जीवन पराजुली
आफू विवाहित भएको थाहा भयो भने केटाहरूले लाइन मार्दैनन् भनेर पो हो कि ?
राजेन्द्र नगरकोटी
विवाह भएको छैन भनेर केटाहरूलाई देखाउन ।
राना सुरज
ekantipur
विवाहिताहरूले सिन्दूर–पोते लगाएर हिँड्ने चलन किन हराउँदै गएको होला ?
news and entertainment