नेपाललाई पनि बोलाउने गरी पाकिस्तानले राख्यो नयाँ प्रस्ताव
काठमाडौं, ३ वैशाख । भारतको नाकाबन्दीपछि पाकिस्तानले नेपालमाथि सहयोग र सद्भाव बढाएको छ ।
यसैक्रममा नेपाललाई समेत बोलाउने गरी पाकिस्तानले नयाँ प्रस्ताव अघि सारेको छ ।
पाकिस्तानी सञ्चारमाध्यमकाअनुसार पाकिस्तानले नेपाली क्रिकेट टोलीलाई सिरिज खेल्न बोलाउन लागेको हो । त्यहाँको राष्ट्रिय क्रिकेट बोर्ड पीसीबीले नेपाल, अफगानिस्तान र वर्ल्ड ११ को क्रिकेट सिरिज आयोजना गर्ने तयारी गरेको छ । जसमा नेपाललाई पनि आमन्त्रण गर्ने तयारी छ । बोर्डको बैठक विहीबार बसेको थियो । यो खेलका लागि आवश्यक बजेट पनि छुट्याइसकिएको छ ।
पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष शहरयार खानले क्रिकेट सिरिज गर्ने प्रस्ताव बोर्डले गरेपनि औपचारिक रुपमा स्वीकृत नभएको बताएका छन् । ‘सुरक्षाका कारण म्याच फिक्स हुन सकेको छैन् । अन्य देशहरुसँग समन्वय गरेर छिट्टै निर्णयमा पुग्छौं’ उनले भनेका छन् ।
dainiknepal