भारतीय युवकमा पनि इबोला संक्रमणको पुष्टि : नेपाललाई खतरा बढ्यो


काठमाडौं, मंसिर ३ । लाइबेरियाबाट फर्केका एक भारतीय युवक इबोला संक्रमित भएको पुष्टी भएको छ । अफ्रिकी मुलुक लाइबेरियाबाट फर्केका उनलाई बिमानस्थलमा रहेको इबोला स्वास्थ्य परीक्षणका क्रममा संक्रमित पाइएपछि अलग्गै राखेर उपचार थालिएको छ ।

 लाइबेरियामा रहँदा नै इबोला संक्रमित भएका २६ बर्षिय युवक उपचारपछि भारत फर्केका थिए । लाइबेरियाको स्वास्थ्य सेवा बिभागले इबोला मुक्त भएको प्रमाणित गरेपछि उनी स्वदेश फर्केका थिए । यद्यपी, स्वास्थ्य परीक्षणका क्रममा उनमा केही अंश इबोला भाइरस फेला परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
imagekhabar.com/samachar/detail/43145/28/.shtml#sthash.f0YWNDdk.dpuf

,

news and entertainment