हात्तीको आठसय टुक्रा पुच्छरसहित भारतीय पक्राउ
मकवानपुर: हात्तीको पुच्छर तस्करी गर्दै गरेको अवस्थामा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका-१७ रातोमाटे चेकप्वाईन्टमा बीरगन्जबाट पोखरा जाँदै गरेको ना५ख२५५६ नम्बरको बसबाट भारतको बिहारस्थित अरेराज बस्ने ४० वर्षीय श्यामबाबुप्रसाद कलवारलाई हात्तीको आठ सय टुक्रा पुच्छरसहित प्रहीले पक्राउ गरेको हो ।
बस चेकजाँचका क्रममा ८ बण्डल बनाई लुकाई राखेको ८ सय टुक्रा हात्तीको पुच्छरसहित कलवारलाई बिहीबार मकवानपुर प्रहरीले पक्राउ गरि हिरासतमा लिएको हो ।
कलावरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।
annapurnapost
