१० करोडको सुनसहित एक नेपाली भारतमा पक्राउ

काठमाडौं ।१० करोड मुल्य बराबरको करीब ३५ किलो सुनसहित एक नेपाली भारतमा पक्राउ परेका छन् । राजश्व अनुसन्धान निर्देशनालय डीआरआईको टोलीले उत्तरी बंगालमा एक कारबाट सुन बरामद गरेको छ ।

समाचारहरुमा स्रोतका अनुसार बरामद भएको सुन एक किलोको पुरियाहरु थियो र यसको कुल मूल्य १० करोड पर्छ ।विशेष सूचनाका आधारमा गाडी नियन्त्रणमा लिएको र खनतलासी गर्दा सुन भेटिएको डीआरईले जनाएको छ ।



अधिकारीहरुका अनुसार सुन चीनबाट लिएर आएको अनुसन्धानमा खुलेको बताए । पक्राउ परेका तीन जनाले भारत र भुटानको सीमाबाट ल्याएका थिए ।

सुन तस्करीका क्रममा पक्राउ पर्ने नेपालीको नाम प्रमोद देवकोटा भएको अधिकारीको र उनी झापाका भएको जनाएको छ । अन्य दुई भारति समेत रहेको उनीहरुभारत सिलगुढीका भएको बताएको छ । उनीहरुलाई २ हप्ता थुनामा राखेर अनुसन्धान गर्न स्थानिय अदालतले अनुमति दिएको छ ।
News24Nepal

news and entertainment