नेपाल र नामिबियाबीचको क्रिकेट खेलबारे बोले ज्योतिष, कसले जित्छ ?
काठमाडौं, २९ चैत । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र नामिबियाबीच हुने खेलबारे ज्योतिषहरुले भविष्यवाणी गरेका छन् ।
खेल हुने दिन नजिकिँदै गर्दा टिकट विक्रीदेखि मैदान तयार पार्नेसम्मका कामहरु भइरहेका छन् । खेल वैशाख ४ र ६ गते कीर्तिपुर मैदानमा हुनेछ ।
नेपाल र नामिबियाबीच खेल हुनु पाँच दिन अगावै चर्चित ज्योतिष सुनील सिटौलाले प्रतियोगिताको सम्भावित विजेताबारे मुख खोलेका छन् ।उनले दुवै खेलमा नेपालले जित्ने सम्भावना बोलियो भएपछि कडा मिहिनेत र प्रार्थनाले नामिबियाको सम्भावना पनि रहेको बताए ।
‘प्रश्न समयको सासकीय ग्रह हेर्दा कडा मिहिनेत एवम प्रार्थनाले मात्र नमिबियाको सम्भावना देखाउछ । सासकीय ग्रह नेपालको पक्षमा देखिएको छ,’ उनले भने । ज्योतिष सिटौलाका अनुसार घरेलु मैदानको फाइदा नेपालले उठाउन सक्छ ।
यता खेलको सम्पूर्ण तयारी पुरा भइसकेको र नामिबियाको टिम नेपाल आउने तयारीमा रहेको नेपाल क्रिकेट संघ क्यानकी सिइओ भावना घिमिरेले जानकारी दिइन् ।
dainiknepal