काजीको जलपानमा क-कसलाई निषेध ?
१६ जेठ काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार साँझ ललितपुरको हरिसिद्धीस्थित एक निजी घरमा गणतन्त्र दिवसको अवसर पारेर जलपान कार्यक्रमको आयोजना गर्नुभयो । जलपानमा प्रमुख दलका नेताहरुका साथै भारतीय राजदूत जयन्तप्रसाद एवं अमेरिका र अन्य पश्चिमा राष्ट्रका राजदूतहरुको समेत सहभागिता थियो ।
जलपानमा सहभागी हुन एमाओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस नेता डा. रामशरण महत, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार हरिसिद्धी पुगेका थिए । । शाहीकालीन परराष्ट्र मन्त्री रमेशनाथ पाण्डे पनि निम्त्याइएका थिए ।
परराष्ट्रमन्त्री भएका बेला श्रेष्ठले विदेशीहरुसँग परराष्ट्र मन्त्रालयको अनुमति विना भेट्न नमिल्ने थिति बसाउन जोड गर्नुभएको थियो । तर, उहाँ आफैले बिदेशीलाई दिएको भोजबारे भने परराष्ट्रलाई जानकारीसमेत नदिएको स्रोतले बतायो । एमाओवादीभित्र उहाँ राष्ट्रिय स्वाधीनताको पक्षधर नेताका रुपमा समेत चिनिनुहुन्छ ।
गैरआवासी नेपाली (एनआरएन) मा आवद्ध एनसेलका लगानीकर्ता निरजगोविन्द श्रेष्ठको निवासमा सो जलपानको आयोजना गरिएको थियो । विगतमा पनि यस्ता भीआइपी जलपानको आयोजना गरिँदै आएको हरिसिद्धीस्थित यो भव्य निवासलाई उपाध्यक्ष नारायणकाजी श्रेष्ठको भूमिगतकालको सेल्टरका रुपमासमेत लिने गरिन्छ ।
प्रचण्डको सचिवालयलाई प्रवेश निषेध
पार्टी नेताले आयोजना गरेको जलपानमा पुगेका एमाओवादी अध्यक्ष प्रचण्डका सुरक्षा अधिकारी सन्तु दराई परवानालाई भने भित्र छिर्न दिइएन । परवाना पार्टीका केन्द्रीय सदस्यसमेत हुन् । त्यसैगरी प्रचण्डको निजी सचिवालयका सचिव चूडामणि खड्का, शिव खकुरेल र प्रचण्डपुत्र प्रकाश दहाललाई पनि नरायणकाजीकी स्वकीय सचिव सुसन कर्माचार्यले प्रवेश नदिएपछि उनीहरु चित्त दुःखाएर गाडीभित्रै बसेका थिए । एमाओवादी पार्टी नेताका तर्फबाट प्रचण्ड एक्लै सहभागी हुनुभएको र उहाँ चाँडै फर्किनुभएको थियो ।
उपाध्यक्ष श्रेष्ठका सहयोगी शंकर लामिछानेले भने ठाउँ साँगुरो भएकाले सेक्युरिटी र नेताका सहयोगीहरुलाई भित्र प्रवेश गराउन नसकिएको बताउनुभयो । ‘नितान्त घरमा गरिएको निजी रिसेप्सन भएकाले उहाँहरुलाई प्रवेश गराउन नसकिएको हो । त्यस्तो अन्य कुनै नियत थिएन ।’- लामिछानेले अनलाइनखबरसँग भन्नुभयो- ‘गार्डेनमै कार्यक्रम गर्ने भनिएको थियो, तर पानी परेकाले घरभित्रै गर्नुपर्यो र ठाउँको समस्या पर्यो । यसमा कसैले प्रवेश पाइएन भनेर रिसाउनु वा गुनासो गर्नुको कुनै अर्थ छैन ।